राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन् । शनिबार भएको निर्वाचनमा सांसद मगर विजयी भएकी हुन् । शनिबार प्रतिनिधि सभाको बैठकमा उपस्थित २६४ सांसदमध्ये मगरलाई १६६ सांसदले मत दिएका छन् । उनकी प्रतिस्पर्धीका रूपमा उम्मेदवारी दिएकी कांग्रेसकी मुक्ताकुमारी ...

सम्बन्धित सामग्री

सत्ता र शक्तिको चाबी झापा र चितवनमा, प्रधानमन्त्री‍सहित ६ पद कब्जामा

काठमाडौं । नयाँ निर्वाचनपछि एकातर्फ सत्ता संघर्ष चलिरहेको छ भने अर्काेतर्फ शक्ति संघर्ष पनि शुरू भएको छ । लामो रस्साकस्सीपछि बनेको नयाँ सत्ता गठबन्धनमा भने शक्ति बाँडफाँडमा दुई जिल्लाका नेता हावी भएका छन् ।  केन्द्र सरकार र प्रदेश सरकारको संरचना हेर्दा सबैभन्दा बढी अवसर झापाले पाएको छ भने दोस्रो फाइदा चितवनले लिएको छ ।  झापा–२ बाट निर्वाचित संसद देवराज घिमिरे बिहीवार सभामुखमा निर्वाचित भएका छन् । त्यस्तै झापा–३ बाट निर्वाचित राप्रपाका अध्यक्ष रहेका राजेन्द्र लिङ्देन सरकारका उपप्रधानमन्त्री भएका छन् ।  उपसभामुखमा पनि झापाकै इन्दिरा राना मगर निर्वाचित भएकी छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ निर्वाचित सांसद हुन् ।  सत्ता साझेदारमध्येको ठूलो दल नेकपा एमालेका अध्यक्ष पनि झापाकै हुन् । उनी झापा–५ बाट सांसदमा निर्वाचितसमेत भएका छन् । हालकै अवस्थामा राजनीति अगाडि बढे सत्ताको रिमोट उनैले चलाउने छन् । गठबन्धनको चाँजोपाँजो मिलाएका तथा राजनीतिमा चतुर मानिएका नेता केपी शर्मा ओलीले झापाको विमासमा कतिको प्रभाव पार्लान् ? त्यो भने हेर्न बाँकी छ ।  संघमा मात्रै होइन, प्रदेश १ मा पनि झापाकै बोलवाला छ । प्रदेश १ सरकारको नेतृत्व झापाकै नेताको हातमा छ । जसको नेतृत्व हिक्मत कुमार कार्कीले गरेका छन् ।  सत्तामा झापापछि चितवनका नेता हावी देखिन्छन् । वर्तमान मन्त्रिमण्डलमा ३ जना चितवनकै छन् । यसमा पहिलो नाम आउँछ– सरकारका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । चितवनका बासिन्दा रहनुभएका प्रधानमन्त्री दाहाल पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने गोरखा–२ बाट विजयी हुनुभएको हो । यसअघि उहाँ चितवन जिल्लाबाट निर्वाचित हुनुभएको थियो ।  चितवनबाटै निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । यस्तै, चितवनबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डे शहरी विकासमन्त्री बनेका छन् । पाण्डे नेपालका ठूला ठेकेदार मध्ये एक हुन् । नेपालका ठूलादेखि साना विकास निर्माण आयोजनामा राजनीतिक दलको ठूलै प्रभाव रहने गर्छ । अझ मन्त्रालय स्तरबाटै बजेटमा हस्तक्षेप हुने गरेको छ । सत्ता र शक्तिको आडमा विकासका आयोजनासहित ठूलो बजेट हुत्याउने प्रवृत्तिलाई हेर्दा यी दुई जिल्लाले ठूलो अवसर पाउने पक्का छ ।

प्रतिनिधिसभाको अर्को बैठक माघ १० गते

काठमाडौँ – प्रतिनिधिसभाको अर्को बैठक यही माघ १० गते दिउँसो १ बजे बस्ने भएको छ। प्रतिनिधिसभाको आजको बैठकले उपसभामुख चयन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन्। शनिबार प्रतिनिधिसभामा उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत र उनको विपक्षमा ९७ मत खस्यो। २७५ सदस्यीय प्रतिनिधिसभाका […]

उपसभामुख इन्दिरा राना मगर रास्वपाबाट अलग

पसभामुख इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग हुनुभएको छ । सत्तारुढ दलको समर्थनमा शनिबार उपसभामुख पदमा निर्वाचित हुनुभएपछि मगर पार्टीबाट अलग हुनुभएको हो ।

इन्दिरा राना प्रतिनिधि सभाको उपसभामुख निर्वाचित

प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ। सत्तारुढ दलको समर्थनमा उपसभामुख पदको उम्मेदवार बन्नुभएका मगर १६६ मत ल्याएर निर्वाचित हुनुभएको हो।

उपसभामुखमा दुई जनाको उम्मेदवारी

प्रतिनिधि सभाको उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्दिरा राना मगर र नेपाली कांग्रेसका मुक्ताकुमारी यादवले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।