जुटको एन्टी डम्पिङ ड्युटी खारेज हुने आश : के हो एन्टी डम्पिङ ड्युटी ?

विराटनगर । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसमक्ष भ्रमणका एजेन्डा प्रस्तुत गर्दा भारतले नेपालबाट निकासी हुने तयारी जुटमा लगाएको ४ प्रतिशत एन्टी डम्पिङ ड्युटी (एडीडी) खारेज गर्नुपर्ने माग राख्नुभयो ।  कूटनीतिक हिसाबले पहिलोपटक उच्च राजनीतिक स्तरमा जुट निकासीमा ५ वर्षदेखि लाग्दै आएको ४ प्रतिशत एडीडी खारेजीको माग उठेको हो । यसअघि पटकपटक पहल गर्दा पनि उच्च तहमा यो विषय उठेको थिएन ।  भारतले नेपालको तयारी जुटमा मात्रै एडीडी लगाएको छ । बंगलादेशबाट आउनेमा लगाएको छैन । प्रधानमन्त्रीको भ्रमणमा उठाइएको मुद्दा भारतीय पक्षले सम्बोधन गरे सुनसरी मोरङ औद्योगिक कोरिडोरमा बन्द भएका जुट मिल पुनः सञ्चालनमा आउने र झन्डै ५ हजारले थप रोजगारी पाउने सम्बद्ध व्यवसायी बताउँछन् । प्रधानमन्त्री दाहालको भारत भ्रमण टोलीमा सहभागी नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले जुटको समस्या समाधानका लागि भएको पहललाई ऐतिहासिक भने । प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसमक्ष राख्नुभएको समस्या समाधान हुनेमा व्यवसायी आशावादी  रहेको गोल्छाले बताए ।  प्रधानमन्त्री दाहालको भ्रमणकै क्रममा नेपाल र भारतका उद्योग वाणिज्य संघका प्रतिनिधि मण्डलबीच भएको छलफलमा पनि यो विषय उठेको गोल्छाले जानकारी दिए । प्रधानमन्त्रीको टोलीमा विराटनगरबाट मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडा र उद्योग संगठन मोरङका कार्यकारीणी सदस्य पारस लुनियासमेत सहभागी थिए ।  सुनसरी मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित पाँचओटा जुट मिलमा झन्डै ३० हजार मजदूर कार्यरत छन् । कोरिडोरका अन्य ६ जुटमिल बन्द छन् । भारतले एडीडी हटाए बन्द ती जुटमिल पनि ब्युँतिनेछन् ।  नेपाली उद्योगीले एडीडीबापत भारत सरकारलाई ३० करोड रुपैयाँ वार्षिक रूपमा बुझाउँदै आएका छन् । नेपाली उद्योगले वार्षिक साढे ७ अर्ब रुपैयाँको तयारी जुट निकासी गर्दै आएका छन् । ५० प्रतिशतभन्दा बढी कच्चा जुट भारतबाटै ल्याएर नेपालका उद्योगले जुटका तयारी वस्तु भारत निकासी गर्ने हुन् । भारतीय जुट बजारमा नेपालको उत्पादनले मुश्किलले २ प्रतिशत स्थान ओगट्छ । नेपाली जुट उद्योगमा प्रविधि, कच्चा पदार्थ, मेशिनरी र प्राविधिकसमेत भारतकै प्रयोग हुन्छ । मोरङ र सुनसरीमा सञ्चालित जुट मिल सीमाक्षेत्रनजिकै भएकाले मजदूरसमेत भारतबाटै आउँछन् । भारत सरकारले खाद्यान्न प्याकेजिङमा अनिवार्य जुटको बोरा प्रयोग गर्नुपर्ने नीति लिएको छ । तर, स्वदेशी उत्पादनले नपुगेर प्लास्टिक बोरामा समेत खाद्यान्न प्याकिङ गरिरहेको छ । यो सन्दर्भमा नेपाली जुटको तयारी वस्तुले भारत सरकारको नीतिलाई नै सघाइरहेको व्यवसायीको भनाइ छ । त्यसकारण पनि उसले एन्टी डम्पिङ ड्युटी खारेज गर्नुपर्ने गोल्छाको माग छ । एडीडीका कारण भारतीय उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेकाले सरकारले नयाँ दिल्लीसँग सोभैm वार्ता गर्नुपर्ने आवाज पहिलेदेखि नै उद्योगीले उठाउँदै आएका थिए ।  भारत सरकारले प्रत्येक ५ वर्षमा ड्युटी पुनरवलोकन गर्छ । नेपाली जुटका उत्पादनलाई उसले एडीडी लगाएको पनि ५ वर्ष पूरा भएको छ । भारतले पुनरवलोकन गरेर ड्युटी संशोधन वा परिमार्जन गर्नुअघि उच्चस्तरीय कूटनीतिक पहल गर्न उद्योगीले आग्रह गर्दै आएका थिए । संघले ५ वर्षअघि भारत सरकारसमक्ष एडीडी हटाउन पटकपटक माग गरेपछि भारत सरकारको कर विज्ञको टोली आएर मोरङ र सुनसरीका जुट उद्योगको निरीक्षण गरेको थियो । सोही टोलीले फरकफरक उत्पादनमा फरकफरक दरले एडीडी लगाउने निर्णय गरेको थियो । जुटका उत्पादन कुनैमा ३, कुनैमा ३ दशमलव २५ कुनैमा साढे ३, कुनैमा ३ दशमलव ७५ र कुनैमा ४ प्रतिशत एडीडी लगाइएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका सदस्य एवं स्वस्तिक जुटका सञ्चालक रमेश राठीका अनुसार नेपाल जस्तै बंगलादेशले पनि जुटको तयारी वस्तु भारतीय बजारमा निर्यात गरिरहेको छ । त्यहाँको उत्पादनलाई भारतले नेपालीलाई जस्तो एडीडी लगाउँदैन । भारतले बंगलादेशका १६ ओटा जुट उद्योगका उत्पादनमा एडीडी नलगाउने निर्णय गरेको छ । यसको फाइदा उठाउँदै बंगलादेशका अन्य जुट उद्योगको उत्पादन पनि तिनै १६ मिलको नामबाट भारतीय बजारमा आइरहेको बताइन्छ । त्यसमा भारत सरकार मौन रहेको राठीले बताए ।  नेपालका ११ जुट उद्योगमध्ये ६ ओटा बन्द छन् । सञ्चालनमा रहेका पाँच उद्योग अरिहन्त, रघुपति, स्वस्तिक, बाबा र नेपाल जुट हुन् । सरकारले भारतसँग वार्ता गरेर एडीडीको समस्या समाधान गरे कोरोना र बन्दाबन्दीले थला परेका उद्योगले राहत पाउने राठीले बताए । भारत सरकारले एडीडी खारेज गरे उद्योगको उत्पादन क्षमता वृद्धि हुने र रोजगारीको अवसर थपिने उनको भनाइ छ ।  भारतले नेपाली जुटका वस्तुमा एडीडीसँगै साढे १२ प्रतिशत समीकारक महसुल (काउन्डरभ्यालिङ ड्युटी–सीभीडी) लगाएको थियो । नेपालबाट निर्यात भई जाने जुटका वस्तुमा १७ जुलाई २०१५ देखि १२ प्रतिशत सीभीडी लगाएको थियो । यसपछि जुट उद्योगीले भारत सरकारसँग उक्त ड्युटी हटाइदिन धेरै अनुरोध गरे । जुट उद्योगीले भारत सरकारकै सुझावअनुसार १६ डिसेम्बर २०१६ मा त्यहाँको केन्द्रीय अर्थ मन्त्रालयको राजस्व विभागमा सीभीडीविरुद्ध प्रोटेस्ट लेटर दर्ता गराए । त्यही दिनदेखि भन्सारमा सीभीडी रकम धरौटीका रूपमा राखे । भारत सरकारले नेपाली जुट उत्पादनमा लाग्ने सीभीडी २० अप्रिल २०१७ मा फिर्ता लियो । तर, प्रोटेस्ट अवधिभरको सीभीडी रकम नियमअनुसार फिर्ता गर्नुपर्ने भए पनि गरेको छैन । नेपाली उद्योगीको धरौटीबापतको २० करोड रुपैयाँ भारत सरकारले अझै फिर्ता गरेको छैन ।  के हो एन्टी डम्पिङ ड्युटी ?  यो एक प्रकारको संरक्षणवादी महसुल दर हो । सरकारलाई कुनै विदेशी वस्तु स्वस्थ बजार मूल्यभन्दा कममा आफ्नो देशमा निर्यात गर्न खोजिएको छ भन्ने लाग्यो भने उसले विदेशबाट आयात हुनेमा एन्टी डम्पिङ ड्युटी लगाइदिन्छ । डम्पिङको प्रक्रियामा कुनै कम्पनीले घरेलु बजारको लागि तोकेको मूल्यभन्दा कममा वस्तु निर्यात गर्न खोजेको हुन्छ । स्वदेशी उद्योगको संरक्षणका लागि सरकारहरुले आफ्नो बजारमा डम्प गर्न पठाइने वस्तुमा एन्टी डम्पिङ ड्युटी लगाउने गर्छन् ।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसँग भेटेपछि जग्गा फिर्ता हुने सुकुम्बासीको आश

महोत्तरी : आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूटोल बनराका सुकुम्बासीलाई अब भने राहत पाइने आश जागेको छ । आफ्नै ठाउँबाट धपिएको पीडा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुनाएपछि उनमा आश पलाएको हो ।‘करिब २५ वर्षदेखि हाम्रो जग्गा अर्कैले भोगचलन गर्दैछ’, सुकुम्बासी बस्तीका कैलाश चौधरी थारूले भने, ‘प्रधानमन्त्रीले छानबिन आयोग बनाउन सम्बद्ध अधिकारीलाई निर्देशन दिएपछि आशा पलाएको छ।’रातु नदीको नदीउकास

भोलि शतप्रतिशत सांसदको मत पाउने आश छ : प्रधानमन्त्री प्रचण्ड

५ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदा शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आश रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् । ‘पहिला विश्वासको मत लिंदा ९९.२५ थियो । भोलि १०० नै हुन्छ भन्ने आश छ’ प्रधानमन्त्री प्रचण्डले […]

नवौँ राष्ट्रिय खेलकुद : खेल सामग्री र प्रशिक्षण अभाव, खेलाडीबाट पदकको मात्रै आश

महेन्द्रनगर/कैलाली, १४ असोज । नवौँ राष्ट्रिय खेलकुद आउन अब दुई साता मात्र बाँकी छ । दसैँका बीच खेलाडी अभ्यासमा केन्द्रित छन् । उनीहरु पदक के कसरी आफ्नो पोल्टामा पार्ने भन्ने ध्याउन्नमा छन् । खेलाडी खेल सामग्री र प्रशिक्षण अभावले छटपटीएका छन् । सबैले खेलाडीबाट पदकको मात्र आश गरिरहेका छन् । खेल पदाधिकारी र प्रशिक्षक आफ्नो […]

मन्त्रीहरुसँग सिसडोलबासीको आक्रोशः मन्त्रीज्यू आश देखाएरै निराश नबनाउनूस्

सबै मन्त्रीहरु निरीक्षणका लागि आउने तर दिएका आश्वासन पूरा नगर्ने भन्दै आश देखाउन बन्द गर्न स्थानीयबासीहरुले आग्रह गरे। स्थानीयहरुले सडक निर्माण नभएकै कारण विद्यार्थीहरुले पढ्न नपाएको र जागिर खानेहरुले पनि दिनको ५ सय तिरेर ट्याक्सीमा आवतजावत गर्नुपरेको दुः...

उपचारमा सहयोग पाए जमुनाको बाँच्ने आश

बझाङ । बझाङको थलारा गाउँपालिकाकी जमुनादेवि विष्ट अहिले जीवन र मृत्युको दोसाँधमा छिन् । उनलाई कही कतैबाट उपचारको व्यवस्था भए बाँच्न सकिन्थोकि भन्ने आश भने मेरेको छैन । ‘पैसा भए उपचार हुन्थ्योकि,पैसा नभएर मृत्यु कुरेर बसेकी छु ’। उनले भक्कानिदै भनिन । उनकाे श्रीमानको मृत्यु भएको १४ वर्ष भएकाे छ । श्रीमानको मृत्यु भएपछि एकल […]

देउवा सरकारबाट जनताले धेरै आश गर्ने ठाउँ छैन : कमल थापा

६ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शेरबहादुर देउवा नेतृत्वको सरकारबाट धेरै आशा गर्न नसकिने बताएका छन् । गठबन्धनबाट बनेको नयाँ सरकारप्रति विश्वासको वातावरण नभएकाले जनताले धेरै आश गर्ने ठाउँ नभएको उनको दाबी छ । राप्रपा मकवानपुरद्वारा बुधबार हेटौंडामा आयोजित अगुवा कार्याकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले शान्ति, स्थिरता र समृद्धिको जनताको […]

ओलम्पिकको आश, निषेधाज्ञामा निरन्तर प्रशिक्षण

टोकियो ओलम्पिक खेल्न पाउने आशमा गत पुसदेखि भारत्तोलनका दुई खेलाडी निरन्तर प्रशिक्षणमा छन् । पछिल्लोपटक २००८ मा भारोत्तोलन खेलाडी कमल अधिकारीले बेइजिङ ओलम्पिकमा नेपालबाट प्रतिस्पर्धा गरेका थिए । २०१२ को लण्डन ओलम्पिक र २०१६ को रियो ओलम्पिकमा नेपालले भारोत्तोलनमा सहभागिता जनाउन पाएन ।तर, यसपटक वाइल्ड कार्डमार्फत नेपालले सहभागिता जनाउन पाउने आश अझै बाँकी छ । त्यहीकारण नेपाल पुलिसकी सन्जु चौधरी सेनाकी कमला श्रेष्ठ निरन्तर प्रशिक्षणमा खटिरहेका छन् । भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनका अनुसार दैनिक झन

अब पनि कम्युनिस्टबाट सुशासनको आश राखे त्यो महाभुल हुनेछ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरु शासन सत्ता सञ्चालनमा पूर्ण असफल भएको बताएका छन्। यस्तो अवस्थामा कम्युनिस्टबाट सुशासनको आश राख्नु महाभुल हुने नेता सिंहको भनाई रह्यो। गणेशमान सिंहको स्मृतिमा सक्षम युवा समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा सिंहले उक्त भनाई राखेका हुन्। 'कम्युनिस्टहरु शासन सत्ता संचालनमा पूर्ण रुपमा असफल…