महोत्तरी : आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूटोल बनराका सुकुम्बासीलाई अब भने राहत पाइने आश जागेको छ । आफ्नै ठाउँबाट धपिएको पीडा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुनाएपछि उनमा आश पलाएको हो ।‘करिब २५ वर्षदेखि हाम्रो जग्गा अर्कैले भोगचलन गर्दैछ’, सुकुम्बासी बस्तीका कैलाश चौधरी थारूले भने, ‘प्रधानमन्त्रीले छानबिन आयोग बनाउन सम्बद्ध अधिकारीलाई निर्देशन दिएपछि आशा पलाएको छ।’रातु नदीको नदीउकास