सामान्य अवस्थामा कुल ४४ किलोमिटर लामो सडक निर्माण सम्पन्न गर्न कति समय लाग्ला ? बढीमा ५/६ वर्ष या सात वर्ष । तर यस्तो पनि सडक छ, जो राष्ट्रिय गौरवको आयोजना भनिए पनि निर्माण सुरु भएको ९ वर्षसम्म पूरा हुन सकेको छैन ।रानी–विराटनगर–इटहरी–धरान हुँदै किमाथाङ्का जोड्ने राष्ट्रिय गौरवको ६ लेन सडक निर्माणको काम यही अवस्थामा अघि बढेमा निर्माण सम्पन्न हुन अझै वर्षौं लाग्ने देखिन्छ ।साविकको दुई लेनको सडकलाई विस्तार गरी ६ लेनको बनाउने काम ९ वर्षदेखि भइरहेको छ । तर, सुनसरीको दुहवी र धर