नेपालगञ्ज, २९ जेठ । बाँकेको नेपालगञ्जमा विभिन्न किसिमले हुने आगलागीका घटना बढ्दै गएका छन् । विसं २०७६ देखि २०७९ सम्ममा सल्केर भएको आगलागीबाट ६८, विद्युतीय झडकाबाट ९३, ग्यासबाट १८, अन्य आगलागीका घटनाबाट १० र थाहा नभएका ५१ घटना भएको नेपालगञ्ज उपमहानगरपालिकाको दमकल सेवा कार्यालयले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण, डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख हरिप्रसाद […]