वन डढेलो र आगलागीका घटना बढ्दै

सुख्खा मौसम सुरु भएसँगै वन जङ्गलमा आगलागीका घटना बढ्दै गएको छ । करिब एक सातादेखि जिल्लाका चार स्थानमा लागेको आगो निरन्तर फैलिरहेको छ ।

सम्बन्धित सामग्री

डढेलोले बैतडीमा तीन सय हेक्टर वन क्षेत्र सखाप

बैतडी । डढेलोका कारण यो वर्ष बैतडीको तीन सय हेक्टर वन क्षेत्र सखाप भएको छ । यहाँका २० भन्दा बढी सामुदायिक वनमा लागेको डढेलोका कारण तीन सय हेक्टर वन क्षेत्र सखाप भएको हो ।   सामुदायिक वनमा डढेलो लागेका कारण लाखौंका वन सम्पदा जलेर नष्ट हुनुका साथै वन्यजन्तुसमेत प्रभावित भएका डिभिजन वन कार्यालय, बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । मानवबस्ती आसपासका सल्लेरी वन क्षेत्रमा डढेलो बढी लाग्ने गरेको छ । स्थानीय उपभोक्ताको लापरवाहीकै कारण बढीजसो आगलागीका घटना हुने गरेका छन् । उनले भने, ‘वनमा घाँस पलाउँछ भन्ने गलत मानसिकताका कारण पनि वनमा डढेलो लगाउने गरेका छन्, यसले लाखौंका वन सम्पदा जलेर नष्ट हुनुका साथै वन्यजन्तु प्रभावितका साथै मर्नेसमेत गरेका छन् ।’ जिल्लाको सिँगास गाउँपालिका क्षेत्रका सामुदायिक वनमा बढी डढेलो लागेको छ । सिँगासका आठओटा  सामुदायिक वनको दुई सय ९६ हेक्टर क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । सिँगासको घट्टे सामुदायिक वन, सिँगास भूमिराज सामुदायिक वन, सिँगास बोटविरुवा सामुदायिक वन, धुरा सामुदायिक, उदयदेव सामुदायिक वन, महादेव सामुदायिक वन, सिँगास साँगडा सामुदायिक वन र खेती सामुदायिक वनमा डढेलो लागेको हो । पाटन नगरपालिकाअन्तर्गतका उदयदेव, दहवयाला, ठूलीखाली र महारुद्र सामुदायिक वनमा गरी २२ हेक्टर, मेलौलीको गोपेश्वर दन्नी, अमरगढी र महादेव सामुदायिक वन गरी १६ हेक्टर, दशरथचन्द नगरपालिकाको रामपातल र श्री केदार सामुदायिक वन गरी २ दशमलव ५, पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा तीन/तीन हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको भए पनि सामुदायिक वनमा आगलागीका घटनामा कमी आउन नसकेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । डिभिजन वन कार्यालयमार्फत डढेलो नियन्त्रणसम्बन्धी विद्यालय शिक्षासँगै स्थानीय तहका प्रतिनिधिसँग बेलाबेला छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने गरेको छ । उनले भने, ‘वन डढेलो नियन्त्रणका लागि वन कार्यालय जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । यसमा स्थानीय सरकारको पनि ध्यान जान सकेको छैन ।’ लामो समयसम्म पानी नपर्दा सुख्खापन बढेका कारण यो वर्ष अन्य वर्षको तुलनामा डढेलोको जोखिम बढी भएको हो । सामुदायिक वनको कार्ययोजनामा वन डढेलो कसरी नियन्त्रण गर्ने भन्ने कुरा उल्लेख भए पनि त्यसको कार्यान्वयन भने हुन नसकेको कँडेलको भनाइ छ । सामुदायिक वनले आफ्नो कार्ययोजनाअनुसार काम नगर्ने र उपभोक्ताले पनि क्षणिक फाइदाका लागि वनमा आगो लगाउने गरेकाले वन डढेलोको जोखिम बढी हुने गरेको डिभिजन वन कार्यालय, बैतडीले जनाएको छ ।  डढेलोका कारण लाखौंका वनसम्पदा, वन्यजन्तु नष्ट हुने, मानवीय क्षतिसँगै वातावरणमा प्रभाव पर्ने भए पनि डढेलो नियन्त्रणका विषयमा समुदायस्तरमा चेतनाको कमी रहेको कँडेलले बताए । रासस

वन डढेलो र आगलागीका घटना बढ्न सक्ने प्राधिकरणको चेतावनी

९ चैत, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगलागीको जोखिम बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहीबार पत्रकार सम्मेलन गरेर जलवायु परिवर्तनका कारण …

डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण

रुकुम (पूर्व) : वन डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण गरिएको छ। डिभिजन वन कार्यालय रुकुम पूर्वले डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण गरेको हो।मंगलबार (आज) डिभिजन वन कार्यालय रुकुम पूर्वले जिल्लास्थित तीनवटै सुरक्षानिकायलाई डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण गरेको छ। आगलागीका घटना हुँदा त्यसको नियन्त्रण र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरी अग्रपंक्तिमा खटिने हुँदा उनीहरूलाई डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण गरिएको निमित्त डिभिजनल वन अधिकृत ज

वन डढेलो र आगलागीका घटना बढ्दै

आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन् ।