भारतको हरियाणाबाट साइकलमै १५औं दिनमा सप्तरी आइपुगे , अहिले क्वारेन्टाइनमा

भारतको विभिन्न स्थानमा आयोजित जमात तथा मजदूरीमा रहेकाहरु लुकिछिपी घर फर्किने क्रमसँगै कोरोनो भाइरसको जाखिम समेत सप्तरीमा बढ्दै गएको छ । फर्केकाहरु कतिपय सिधै स्वास्थ्य संस्थाहरुमा जाने गरेका छन् भने कतिपय लापर्वाही गरी उनीहरुलाई गोप्य रुपमा घरमै रहेकाले कोरोनाको जोखिम बढ्दै गएको हो । जानीजानी लापर्वाही गरेर परिवार, समाज र सिङ्गो देशलाई नै जोखिममा पार्नुभन्दा क्वारेन्टाइनमै रहेर पूर्ण रुपमा निको भएपछि मात्र ढुक्क भएर आफ्नो घर जाने सोचका कतिपय व्यक्तिहरु स्वःस्फूर्त रुपमा क्वारेन्टाइनमा बस्ने गरेका छन् । स्वःस्फूर्त रुपमा क्वारेन्टाइनमा बस्ने राजविराज नगरपालिका वडा नम्बर ११ फर्सैठका रामबिलास साह रहेका छन् । उनी विगत केही महिनादेखि भारतको यमुना नगरमा मजदूरी गर्दैआएका थिए । एक्कासी भारत सरकारले लक डाउन गरेपछि उनी कार्यरत रहेको कम्पनी समेत बन्द भयो । कम्पनी नै बन्द भएपछि उनीसहित त्यहाँ कार्यरत नेपाली मजदुरहरुको बिचल्ली भयो । उनीहरुलाई खानपिनमा समेत समस्या भएपछि करिब सयजना नेपाली तथा भारत विहार क्षेत्रका मजदुरहरुले नयाँ साइकल किनेर यात्रा गर्दै आ–आफनो घर आइपुगे छन् । भारतको हरियानास्थित यमुनानगरदेखि सप्तरीको राजविराज नगरपालिकाको एक हजार ४ सय ३८ किलोमिटर दुरी १५ दिन लगाएर साह घर आइ पुगेका छन् । उनी साइकलबाटै सीमावर्ती क्षेत्रमा त आए तर सीमा काट्ने कसरी ? भने चिन्ता थपियो । सीमामा प्रहरीको कडा निगरानी देखेर लुकेर गहुँ खेत हुँदै बिहीबार सीमा नाका काट्न सफल भयो ।

सम्बन्धित सामग्री

काठमाडौँ आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

भारतीय वायु सेनाको विशेष विमान आईएफसी थ्री वान अहिले बिहान ९ बजेर ३१ मिनेटमा उनको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गरेको हो।...

रास्वपा बैठकमा सहभागी हुन चितवनबाट पार्टी कार्यालय आइपुगे रवि

काठमाडौं, २९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने केन्द्रीय कार्यालय बसुन्धरा आइपुगेका छन्। चितवनमा रहेका सभापति लामिछाने केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन अहिले भर्खर पार्टी कार्यालय आइपुगेका हुन्। रास्वपाले सांसद्‍ ढाकाकुमार श्रेष्ठको बारेमा निर्णायक छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको हो। सांसद् श्रेष्ठमाथि लागेको अडियो प्रकरणको आरोपबारे […]

झण्डावाल गाडी छाडेर मन्त्री किराँती अटोरिक्सा चढेपछि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आइतबार मानव निर्मित भरत ताल घुम्न आइपुगे ।उनी झण्डावाल सरकारी गाडीबाट ओर्लिएर फटाफट अटो रिक्सा चढे । मन्त्री आफु चढेर आएका गाडी छाडेर अटोरिक्सा चढेपछि सर्वसाधारण अचम्म मानिरहेका थिए । अहिले बनिसकेका ५० बिघाभन्दा ठूलो ताल र थप बन्दै गरेको ६० भन्दा ठूला तालको अवलोकन मन्त्री किरातीले अटो […]

जाडो छल्न आइपुगे विदेशबाट चरा

काठमाडौँ,१५ पुष । जाडो छल्नका लागि विभिन्न देशका चरा यतिबेला नारायणी नदी आसपासका क्षेत्रमा आइपुगेका छन् । जाडो मौसम लागेसँगै विभिन्न देशका चरा जाडो छल्न नारायणी नदी आसपासको क्षेत्रमा आइपुगेको जलपक्षी गणनाका चितवन पश्चिम सेक्टर संयोजक डिबी चौधरीले बताए । नवलपरासीपूर्व नवलपुरको नारायणी नदीसहित देशका विभिन्न भागमा अहिले विभिन्न देशका चरा जाडो छल्न आइपुगेको उनले […]

जाडो छल्न नारायणी आसपासका क्षेत्रमा आइपुगे विदेशबाट चरा

जाडो छल्नका लागि विभिन्न देशका चरा यतिबेला नारायणी नदी आसपासका क्षेत्रमा आइपुगेका छन् । जाडो मौसम लागेसँगै विभिन्न देशका चरा जाडो छल्न नारायणी नदी आसपासको क्षेत्रमा आइपुगेको जलपक्षी गणनाका चितवन पश्चिम सेक्टर संयोजक डिबी चौधरीले बताउनुभयो । नवलपरासीपूर्व नवलपुरको नारायणी नदीसहित देशका विभिन्न भागमा अहिले विभिन्न देशका चरा जाडो छल्न आइपुगेको उहाँले बताउनुभयो । विभिन्न […]

जाडो छल्न आइपुगे विदेशबाट चरा

जाडो छल्नका लागि विभिन्न देशका चरा यतिबेला नारायणी नदी आसपासका क्षेत्रमा आइपुगेका छन् ।  जाडो मौसम लागेसँगै  विभिन्न देशका चरा जाडो छल्न नारायणी नदी आसपासको क्षेत्रमा आइपुगेको जलपक्षी गणनाका चितवन पश्चिम सेक्टर संयोजक डिबी चौधरीले बताए । नवलपरासीपूर्व नवलपुरको नारायणी नदीसहित देशका विभिन्न भागमा अहिले विभिन्न देशका चरा जाडो छल्न आइपुगेको उनले बताए ।विभिन्न देशका चरा जाडो छल्ने यहाँ आइपुगेपछि अहिले नारायणी नदी आसपासका क्षेत्रमा चराको सङ्ख्या धेरै देख्न सकिने संयोजक चौधरीले बताए । यसले ग

टर्कीका २७ वर्षे युवा नाच्दै कसरी आइपुगे नेपाल

काठमाडौं। टर्कीस नागरिक फारहात किलिक सडकमा प्रस्तुति दिने कलाकार हुन्। सडकमा नाच्दै संसार घुम्ने सपना पालेका उनले नेपाल भ्रमण गरेको २८औं मुलुक हो। १६ वर्षको हुँदा विश्वयात्रा शुरु गरेका उनी अहिले २७ वर्षका भए। सडकलाई रंगमञ्च ठान्ने उनी चार्ली च्याप्लिनजस्तै बन्न चाहन्छन्। नेपालका गल्ली र मन्दिरहरुका प्राङ्गणमा उनले प्रस्तुति दिए।

नेपाल आइपुगे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल आइपुगेका छन् । गत जुनमा विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहनेछ । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन् । अहिले उनी बत्तीसपुतली स्थित होटल द्वारिकामा बसेका छन् ।भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

जुत्तासँगै आफ्नो फाटेको जिन्दगी सिलाउँदै रम्तेल

सूर्यप्रसाद अधिकारीचितवन : काम र मामको खोजीमा भौतारिएर हिँडे, भौतारिँदा भौतारिँदा नारायणगढ आइपुगे। भौतारिएको केही दिनपछि काम मिल्यो खलासीको।त्यो पनि धेरै दिन टिकेन। फेरि जुत्ता फ्याक्ट्रीमा पुगे त्यहाँको काम पनि धेरै समयसम्म लम्बिएन। अनि मलेशिया हानिए त्यो पनि धेरै वर्ष टिकेन। फेरि नारायणगढकै एउटा पसलमा जुत्ता सिलाउने काम पाए त्यहाँ पनि साहुको गाली र थोरै पैसाले पेट पनि भरिएन।अनि निर्णय गरे सडकपेटीमै भए पनि आफ्नै काम गर्ने जसोतसो गुजारा गर्ने। अहिले आएर मात्र उनी यही इलममा अडिएका छन्। अहिले उनी

कोही हत्या आरोपमा फरार, कोही कार्यालयमै मालिस गराउने

जनकपुरधाम : कार्यकाल उत्तरार्द्धमा आइपुगे पनि धनुषाका स्थानीय तहका जनप्रतिनिधिबीच विवाद साम्य हुन सकेको छैन।एउटै पार्टीबाट निर्वाचित भए पनि जनप्रतिनिधिको अधिकांश समय विवादमा बित्दा पालिकाको विकास निर्माणदेखि धेरै कामकाज प्रभावित भएको छ।जनप्रतिनिधिमध्ये कोही अहिले ज्यान मुद्दाका अभियुक्त भइ फरार भएका छन् भने कोही अनियमिततामा फसेका छन्।धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख र वडाअध्यक्ष विरुद्ध धनुषा अदालतले पक्राउ पूर्जी जारी गरेको छ। पक्राउ पूर्जी जारी भएसँगै उनीहरू फ