नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।
नेपाली कांग्रेस नुवाकोटको प्रतिनिसभा क्षेत्र नं १ को क्षेत्रीय कार्यालय र क्षेत्र नं १ को प्रदेश (ख)को प्रदेश कार्यालयको आज छहरे बजारमा सयुक्तरूपमा उद्घाटन गर्दै प्रवक्ता डा महतले पार्टी अधिवेशनका क्रममा देखिएका तिक्तता बिर्सिएर आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनतर्फ लाग्न निर्देशन दिए।
“पार्टीमा हालै सम्पन्न भएका आन्तरिक प्रतिस्पर्धाका रूपमा आसन्न निर्वाचनलाई लिनुहुन्न”, उनले...