काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजदेखि सुरु हुने १२ औं राष्ट्रिय जनगणनामा सहभागी हुन अपिल गरेका छन्। आज भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले जनगणनामा उत्साहपूर्वक सहभागी हुन र सहयोग पुर्याउन अपिल गरे।अध्यक्ष ओलीले सही विवरण टिपाउने सन्देश प्रवाह गर्न र जनगणनालाई पूर्ण रुपमा सफल पार्नका लागि सहयोग गर्न आह्वान गरे। राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्यांक उपलब्ध गराउने भएकाले यसमा सहभागी भइ सहयोग गर्