काठमाण्डाै – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाण्डौको एक होटलमा बुधवार (आज) प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा सहमति भए/नभएकोबारे नेताहरूले केही बताएका छैनन् । आज भएको भेटसँगै ओली र नेपालबीच लामाे समयकाे संवादहीनताको अवस्था तोडिएको छ । गएको चैत ३ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटवार्तापछि आज ओली र नेपालबीच पहिलो पटक भेटवार्ता भएको हो ।भेटमा बिग्रिएको सम्बन्धलाई सुधार गर्ने र ...