नेटवर्किङ व्यवसायका नाममा ठगी गरेको पाइए कारबाही : गृह

काठमाडौं : पछिल्लो समय सूचना प्रविधिका नाममा ठगी बढेको भन्दै बिना इजाजत गैरकानुनी काम नगर्न नगराउन गृह मन्त्रालयले सचेत गराएको छ।गृहले शुक्रबार एक सूचना जारी प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिई अनलाईन वा विद्युतीय कारोबारका नाममा गाउँ, टोल, समाजमा हुने गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने बताएको हो।जनतालाई आर्थिक लाभ पुर्‍याउने प्रलोभनमा पछिल्लो समय विभिन्न स्वरुपका गैरकानूनी आर्थिक क्रियाकलाप सञ्चालनबाट आम जनसमुदायमा ठगी र असुरक्षाको वातावरण सृजना भएको गुनासाहरु प्राप्त ह

सम्बन्धित सामग्री

फरक स्वरुपमा नेटवर्किङ व्यवसाय, तालिमपछि रोजगारीका नाममा ठगी धन्दा

कञ्चनपुरमा एक कन्सल्टेन्सीले रोजगारी दिन्छु भन्दै युवायुवतीलाई ठगी गरिरहेको पाइएको छ। कैलालीको भजनीमा मुख्य कार्यालय रहेको महुन्याल एजुकेशन एण्ड टेक्निकल ईन्स्टिच्युट प्रा.लिको महेन्द्रनगरस्थित शाखाले युवा युवतीहरुलाई झुक्याएर ठगी गरिरहेको पाइएको...

दाङमा नेटवर्किङ व्यवसाय गर्दै आएका तीन जना परे प्रहरीको फन्दामा

काठमाडौं । दाङमा नेटवर्किङ व्यवसाय गर्दै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा रोल्पा घर भइ घोराही बस्दै आएका तीन जना रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । हाइपर फण्ड र साफिर नामक नेटवर्किङमा लगानी गर्दा दुई […]

युनिटी, नेटवर्किङ व्यवसाय र निरीह राज्य

६ लाखभन्दा बढी सर्वसाधारण जनतालाई आर्थिकलगायत विभिन्न प्रलोभन देखाई झुक्याउन सफल युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालकहरू अझै पक्राउ परेका छैनन् । मुलुकका विभिन्न स्थानमा कार्यालय खोलेर १० अर्ब रुपैयाँ उठाएको युनिटीलाई ठगी मुद्दामात्र लगाउनु  उसलाई  उनमुक्ति दिनुसरह हो । बैंकहरूले जस्तै निक्षेप संकलन गर्ने, बिमा कम्पनीले जस्तै पाेलिसी बेच्ने  र नेटवर्किङ बिजनेसका नाममा अवैध ढंगमा रकम संकलन गर्ने कार्य  यो संस्थाले गरेको छ । तर ती क्षेत्रका नियामक निकायको अनुगमनभन्दा बाहिर रहेर त्यस्तो कार्य गरिएको छ । सरकारले नियामक निकायसम्बद्ध कानुनहरूका आधारमा कसुर स्थापित गर्नको साट्टो मुलुकी ऐनकाो ठगीको महलअनुसार कारबाही गर्ने बहाना बनाएको छ । यसले सरकारमा बस्नेहरू युनिटी सञ्चालकहरूलाई बचाउन लागिपरेको आशंका जन्माएको छ । उक्त संस्थाले न त निक्षेप संकलन कारोबार गर्नका लागि नेपाल राष्ट्र बैंक सँग स्वीकृति लिएको छ न त एस्योरेन्स सम्बन्धी काम गर्न बिमा समितिसँग नै । त्यसकारण नेपालराष्ट्र बैंक , बिमा समिति तथा राजस्व प्रशासनको समन्वय र प्रहरीको सक्रियतामा युनिटीका सञ्चालकहरूमार्फत छानबिन थाल्नपर्छ । तर उल्लिखित निकायहरूको एउटा छुट्टै र शक्तिशाली समिति बनेर तत्काल खोजबिन थाल्नु त परै जाओस् सम्बद्ध सरकारी निकायहरू कारबाही गर्नेबारे एकमतसम्म पनि हनु सकेका छैनन् । गृह मन्त्रालयले तिनलाई पक्राउ गर्न आदेश दिएको बताएको छ । प्रहरीसँग युनिटीका जिम्मेवार पदािधकारीले प्रयोग गर्दै आएको मोबाइललगायत महत्वपूर्ण  सूचना पनि प्रहरी प्रशासनसँग छ । यसबाट सरकारको उच्च तहमा बस्नेहरूसम्म आराेपितहरूको बलियो पहुँच रहेको बुझ्न कठिन छैन । (सम्पादकीयबाट) अंक ३८, २०६७, जेठ १०–१६

अनलाइनमार्फत गैरकानुनी कार्य भएमा कारबाही गरिने चेतावनी

गृह मन्त्रालयले आर्थिक लाभ पुर्याउने प्रलोभनमा पछिल्लो समयमा अनलाइनमार्फत विभिन्न स्वरुपका गैरकानुनी कार्य फष्टाएको भन्दै यस्ता कार्य गरेको पाइएमा कारबाही गरिने चेतावनी दिएको छ । यस्ता क्रियाकलापबाट ठगी र असुरक्षाको वातावरण सिर्जना भएको गुनासो प्राप्त भएका जनाउँदै मन्त्रालयले सचेत हुन पनि नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्धारा जारी विज्ञप्तिमा गाउँ/समाजमा नेटवर्किङ व्यवसाय, …

नेटवर्किङ व्यवसायमार्फत ठगी गर्ने २ भाइ पक्राउ

नेटवर्किङ व्यवसाय भन्दै अनलाइन माध्यमबाट ठगी गर्ने २ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा काभ्रेको धुलिखेल घर भई चावहिल बस्ने २७ वर्षीय नवराज गौतम र रामेछापको खाँडादेवी गाउँपालिका घर भई बौद्ध बस्ने २५ वर्षीय विनोद महते रहेका छन् । भारतको सिलीगुडीमा इजाजतविना नै सञ्चालनमा रहेको इम्पोरियम मार्केटिङसँग सम्पर्क गरी पिरामिड शैलीमा सदस्य बनाएर रकम पठाउन लगाई ठगी गरेको महाशाखाले जनाएको छ ।उनीहरुले आईएमई र बैंक खातामा १ लाख २० हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको देखिएको प्रहरीको भनाई छ ।पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा पठाएको प्रहरीले जनाएको छ ।

नेटवर्किङ ठगी धन्दाः प्रेसिडेन्टको लोभमा एक करोड झ्वाम :: Pahilopost.com

काठमाडौँ: शनिवार दरबारमार्गस्थित याक एण्ड यति होटेलबाट पक्राउ परेका भारतीय नागरिकले नेटवर्किङ व्यवसायको नाममा तीन जना नेपालीबाट १ करोड २३ लाख रुपैयाँ ठगी गरेको खुलेको छ। महानगरीय प्रहरी परिसर, अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरो, राष्ट्र बैकको  लगायतको संयुक्त टोलीले सूचनाको शनिवार होटेलमा आधारमा छापा मार्दा अवैध नेटवर्किङ व्यवसाय गर्ने १२

मलेसिया अवैधानिक नेटवर्किङ व्यवसाय गोल्ड क्वेष्ट र हर्वो,नेपाली श्रमिक ठगिदैँ

नेपालबाट पलायन भएको अवैधानिक नेटवर्किङ व्यवसाय गोल्ड क्वेष्ट र हर्वोले मलेसियामा आफ्नो सेवा विस्तार गरिरहेको छ।  केही महिनादेखि मलेसियामा उनीहरुले आफ्ना सेवा विस्तार गरेको हो। अहिलेसम्म उनीहरुले मलेसियामा ८ सय नेपाली कामदारलाई आफ्नो सदस्य बनाइ ठगी गरेको खुल्न आएको छ। हर्बो इन्टरनेसनल व्यवसाय नेपालबाट खारेज भइसकेको संस्था हो । हर्बोले नेपालबाट १ अर्ब ४१ करोड…

नेटवर्किङ व्यवसाय चलाए पाँच वर्ष कैद

काठमाडौँ, १८ असार - पिरामिड शैलीमा (नेटवर्किङ) व्यवसाय प्रवद्र्धन गरी सर्वसाधारणलाई ठगी गरेका घटना बढिरहेका बेला सरकारले यस्ता व्यवसायलाई प्रतिबन्ध

‘नेटवर्किङ’ व्यवसाय चलाउनेलाई पाँच वर्ष कैद

असार १८ । पिरामिड शैलीमा नेटवर्किङ व्यवसाय प्रवर्धन गरी सर्वसाधारणलाई ठगी गरेका घटना बढिरहेका बेला सरकारले यस्ता व्यवसायलाई प्रतिबन्ध लगाउने विधेयक संसदमा दर्ता गरेको...

नेटवर्किङ व्यवसाय चलाए पाँच वर्ष कैद

काठमाडौँ, १८ असार - पिरामिड शैलीमा (नेटवर्किङ) व्यवसाय प्रवद्र्धन गरी सर्वसाधारणलाई ठगी गरेका घटना बढिरहेका बेला सरकारले यस्ता व्यवसायलाई प्रतिबन्ध