नेटवर्किङ व्यवसायमार्फत ठगी गर्ने २ भाइ पक्राउ

नेटवर्किङ व्यवसाय भन्दै अनलाइन माध्यमबाट ठगी गर्ने २ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा काभ्रेको धुलिखेल घर भई चावहिल बस्ने २७ वर्षीय नवराज गौतम र रामेछापको खाँडादेवी गाउँपालिका घर भई बौद्ध बस्ने २५ वर्षीय विनोद महते रहेका छन् । भारतको सिलीगुडीमा इजाजतविना नै सञ्चालनमा रहेको इम्पोरियम मार्केटिङसँग सम्पर्क गरी पिरामिड शैलीमा सदस्य बनाएर रकम पठाउन लगाई ठगी गरेको महाशाखाले जनाएको छ ।उनीहरुले आईएमई र बैंक खातामा १ लाख २० हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको देखिएको प्रहरीको भनाई छ ।पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा पठाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

दाङमा नेटवर्किङ व्यवसाय गर्दै आएका तीन जना परे प्रहरीको फन्दामा

काठमाडौं । दाङमा नेटवर्किङ व्यवसाय गर्दै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा रोल्पा घर भइ घोराही बस्दै आएका तीन जना रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । हाइपर फण्ड र साफिर नामक नेटवर्किङमा लगानी गर्दा दुई […]

युनिटी, नेटवर्किङ व्यवसाय र निरीह राज्य

६ लाखभन्दा बढी सर्वसाधारण जनतालाई आर्थिकलगायत विभिन्न प्रलोभन देखाई झुक्याउन सफल युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालकहरू अझै पक्राउ परेका छैनन् । मुलुकका विभिन्न स्थानमा कार्यालय खोलेर १० अर्ब रुपैयाँ उठाएको युनिटीलाई ठगी मुद्दामात्र लगाउनु  उसलाई  उनमुक्ति दिनुसरह हो । बैंकहरूले जस्तै निक्षेप संकलन गर्ने, बिमा कम्पनीले जस्तै पाेलिसी बेच्ने  र नेटवर्किङ बिजनेसका नाममा अवैध ढंगमा रकम संकलन गर्ने कार्य  यो संस्थाले गरेको छ । तर ती क्षेत्रका नियामक निकायको अनुगमनभन्दा बाहिर रहेर त्यस्तो कार्य गरिएको छ । सरकारले नियामक निकायसम्बद्ध कानुनहरूका आधारमा कसुर स्थापित गर्नको साट्टो मुलुकी ऐनकाो ठगीको महलअनुसार कारबाही गर्ने बहाना बनाएको छ । यसले सरकारमा बस्नेहरू युनिटी सञ्चालकहरूलाई बचाउन लागिपरेको आशंका जन्माएको छ । उक्त संस्थाले न त निक्षेप संकलन कारोबार गर्नका लागि नेपाल राष्ट्र बैंक सँग स्वीकृति लिएको छ न त एस्योरेन्स सम्बन्धी काम गर्न बिमा समितिसँग नै । त्यसकारण नेपालराष्ट्र बैंक , बिमा समिति तथा राजस्व प्रशासनको समन्वय र प्रहरीको सक्रियतामा युनिटीका सञ्चालकहरूमार्फत छानबिन थाल्नपर्छ । तर उल्लिखित निकायहरूको एउटा छुट्टै र शक्तिशाली समिति बनेर तत्काल खोजबिन थाल्नु त परै जाओस् सम्बद्ध सरकारी निकायहरू कारबाही गर्नेबारे एकमतसम्म पनि हनु सकेका छैनन् । गृह मन्त्रालयले तिनलाई पक्राउ गर्न आदेश दिएको बताएको छ । प्रहरीसँग युनिटीका जिम्मेवार पदािधकारीले प्रयोग गर्दै आएको मोबाइललगायत महत्वपूर्ण  सूचना पनि प्रहरी प्रशासनसँग छ । यसबाट सरकारको उच्च तहमा बस्नेहरूसम्म आराेपितहरूको बलियो पहुँच रहेको बुझ्न कठिन छैन । (सम्पादकीयबाट) अंक ३८, २०६७, जेठ १०–१६

नेटवर्किङ ठगी धन्दाः प्रेसिडेन्टको लोभमा एक करोड झ्वाम :: Pahilopost.com

काठमाडौँ: शनिवार दरबारमार्गस्थित याक एण्ड यति होटेलबाट पक्राउ परेका भारतीय नागरिकले नेटवर्किङ व्यवसायको नाममा तीन जना नेपालीबाट १ करोड २३ लाख रुपैयाँ ठगी गरेको खुलेको छ। महानगरीय प्रहरी परिसर, अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरो, राष्ट्र बैकको  लगायतको संयुक्त टोलीले सूचनाको शनिवार होटेलमा आधारमा छापा मार्दा अवैध नेटवर्किङ व्यवसाय गर्ने १२