वित्तीय प्रणालीमा बढेको ब्याजदर कसरी घटाउन सकिन्छ भन्ने सम्बन्धमा सुझाव दिन अर्थ मन्त्रालयले एक अध्ययन समिति गठन गरेको छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको सम्बन्धमा निजी क्षेत्रले विरोध गरिरहेका बेला अर्थ मन्त्रालयले अध्ययन समिति गठन गरेको हो ।