चैत ६, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा आज (आइतवार) हुने भएको छ ।
कम्पनीले सभा याडिसन होटलमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ ।
सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नेछ ।
त्यसैगरी, सभाले संस्थापक समूहका शेयरधनीतर्फबाट एक जना एवम् स्वतन्त्र सञ्चालक नियुक्ती र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका फागुन २३ गते बन्द गरिसकेको छ । यस आधारमा फागुन २२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।