चैत ६, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभा होटेल रेडिसन काठमाडौंमा सम्पन्न भएको हो । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । साथै सर्वसाधारण शेयरधनीको तर्फबाट शंकर गौतम र दीपक पाण्डे सर्वसम्मत निर्वाचित भएका हुन् ।
त्यसैगरी, संस्थापक शेयरधनीको तर्फबाट डा. बिमला दाहाल रेग्मी र स्वतन्त्र सञ्चालकमा अनिल प्रसाद श्रेष्ठलाई सञ्चालक समितिले गरेको नियुक्तीलाई सभाले अनुमोदन गरेको छ ।
त्यसैगरी, सभाले आव २०७६/७७ को संस्थागत सामाजिक उत्तरदायित्व अन्र्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता बापतको रकम रू. ७ लाख ५० हजार लाई कम्पनी ऐन बमोजिम अनमोदन गर्ने प्रस्ताव पनि परित गरेको हो ।