इलाम – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो स्थानीय तहको चुनावमा उम्मेदवारी दर्ताका लागि दुई दिन समय छुट्याएकोमा आपत्ति जनाउनुभएको छ ।इलामको फिक्कलमा आज आइतवार भएको आमसभामा अध्यक्ष ओलीले यसअघि सधैँ उम्मेदवारी दर्ताका लागि एक दिनको समय दिने निर्वाचन आयोगले यस पटक किन दुई दिन दिएको भनेर प्रश्न गर्नुभयो । पाँच दलीय सत्ता गठबन्धनमा उम्मेदवारको विषयमा कुरा नमिलेमा फेरि भोलिपल्ट पनि उम्मेदवार दिन पाइने व्यवस्था आयोगले गेरेको ओलीको आरोप छ ।आयोगले मतपत्रमा रुखको रङ्ग हरियो बनाउनका...