विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयागको टोलीले छापा मारेको छ ।
बिहीबार दिउँसो अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयको संयुक्त टोली प्रतिष्ठान पुगेको हो । अख्तियारको ६ सदस्यीय टोलीले केही महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको बताइएको छ ।
औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत् आपूर्तिलगायत शीर्षकमा...