ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुलाउने तयारी गरिदै

कात्तिक दोस्रो सातादेखि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला हुने भएको छ । करिब छ महिना बन्द भएको नयाँ आवेदन दोस्रो सातादेखि खुला गर्ने तयारी भएको विभागले जनाएको छ । गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ । ट्रायल परीक्षा भने सुचारु गरिएको थियो । कोरोना महामारीअघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक आठ हजार थियो । लामो समयसम्म आवेदन बन्द हुँदा...

सम्बन्धित सामग्री

लाइसेन्सका लागि यसअघिका सबै आवेदन रद्द, आजदेखि नयाँ फारम खुल्ने

काठमाडौं । ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र)का लागि दिइएका सबै आवेदन रद्द भएका छन् । यातायात व्यवस्था विभागले लाइसेन्स (नयाँ र वर्ग थप)का लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेकाे हो । नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको छ । यसअघि झन्डै […]

लाइसेन्सको नयाँ आवेदन सोमबारबाट

प्राविधिक रुपमा समस्या हुँदा तोकिएको समयमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउन कठिन भएको यातायात व्यवस्था विभागले बताएको छ। पुरानो इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सवारीसाधन दर्ता प्रणाली र नयाँ अनलाइन ड्राइभिङ लाइसेन्स दर्ता, स्मार्ट कार्ड प्रणालीलाई एकीकृत गर्न प्राविधिक समस्या पर्दा नयाँ आवेदन खुलाउन ढिला भएको यातायात विभागका महानिर्देशक नमराज घिमिरेले बताए।यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै लाइसेन्सको परीक्षा दिन  पाउने गरी तयारी गरेको बताएको यो पहिलो

खुलेको ३ दिन नबित्दै फेरि बन्द भयो ड्राइभिङ लाइसेन्सको आवेदन [सूचनासहित]

पुन: सञ्चालनमा आएको २ दिनमै नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन स्थगित भएको छ ।  कोरोना महामारीका कारण बन्द रहेको ६ महिनापछि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको आवेदन सोमवार रातिबाट खुलेको थियो । तर अहिले खुलेको ३ दिन नबित्दै पुन: रोकिएको हो ।   विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार अनलाइन आवेदन प्रणालीमा समस्या देखिएपछि मर्मतका लागि अहिले आवेदन बन्द गरिएको हो ।  उनले एक सूचना जारी गर्दै अहिले प्रणाली मर्मतको काम भइरहेको जानकारी दिए । ...

लाइसेन्सको अनलाइन आवेदन कसरी दिने ? यस्तो छ तरिका

सोमबारबाट सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन खुला भएको छ । यातायात व्यवस्था विभागले बायोमेट्रिक डेटका आधारमा आइतबार, सोमबार, मंगलबार र बुधबार कोटा उपलब्ध हुने जनाएको छ ।यही कोटाभित्र आवेदन दिनुपर्नेछ । यसअघि कोटा हटाउने भनिएपनि देशभरका यातायात कार्यालयको क्षमता अनुसार कोटा निर्धारण नगरी आवेदन लिन सकिने नदेखिएपछि कोटा तोकिएको विभागका प्रवक्ता लोकनाथ भुसाल बताउँछन् ।देशभरका २१ कार्यालयको क्षमता अनुसारको कोटा अन्तर्गत दैनिक करिब ५ हजार आवेदन संकलन हुने विभागले जनाएको छ ।अनलाइन आवेदन दिने तरिकाअनलाइन आवेदन दिन सुरुमा यातायात व्यवस्था विभागको वेबसाइट खोल्नुपर्नेछ । विभागको वेवसाइट खुलेपछि भित्र दायाँतर्फ ‘महत्वपूर्ण लिङ्कहरू’ भन्ने अप्सन छ । त्यही अप्सनभित्र रहेको ‘अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली’ भन्ने लिंकमा क्लिक गर्नुपर्छ । त्यहाँ क्लिक गरेपछि अर्को नयाँ विन्डो खुल्नेछ । त्यसको माथि लेखिएको ‘Online Driving License Registration’ मा क्लिक गर्नुपर्नेछ । त्यसमा क्लिक गरेर फेरि सिटिजनशीप भनेको ठाउँमा नेपाल छानेर New License मा अप्लाई गरी Prosid मा क्लिक गर्नुपर्नेछ ।प्रोसिडमा क्लिक गरेपछि फाराम खुल्छ । फाराममा मागे जति विषय भरी (category र mobile number अनिवार्य भर्नैपर्छ, एकपटक लेखेपछि मिलाउन मिल्दैन) ‘submmit’ मा क्लिक गर्नुपर्छ ।submmit गरेपछि तोकिएको कोटाभित्र फाराम परेको खण्डमा उक्त फाराम विभागको सिस्टमले एक्सेप्ट गर्छ । तर, कोटाभित्र परेन भने आजको लागि कोटा पुरा भएको जानकारी विभागले दिनेछ र फाराम एक्सेप्ट गर्नेछैन ।यदि फाराम एक्सेप्ट भयो भने त्यहाँ भरिएको पेपर प्रिन्ट गरेर आफूसँग एक कपी राख्नुपर्छ । उक्त पेपरमा बायोमेट्रिकको पालो कहिले आउँछ भनेर लेखिएको हुन्छ । त्यसपछि तेकिएको समयमा बायोमेट्रिक आवेदक फाराम, नागरिकतासहित तोकिएको यातायात कार्यालयमा जानुपर्ने हुन्छ ।बायोमेट्रिकमा फोटो खिच्ने, औंठा छाप लिने काम हुन्छ । त्यही दिन लिखित परीक्षाको तालिका लिन सकिन्छ ।