पुन: सञ्चालनमा आएको २ दिनमै नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन स्थगित भएको छ ।
कोरोना महामारीका कारण बन्द रहेको ६ महिनापछि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको आवेदन सोमवार रातिबाट खुलेको थियो । तर अहिले खुलेको ३ दिन नबित्दै पुन: रोकिएको हो ।
विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार अनलाइन आवेदन प्रणालीमा समस्या देखिएपछि मर्मतका लागि अहिले आवेदन बन्द गरिएको हो ।
उनले एक सूचना जारी गर्दै अहिले प्रणाली मर्मतको काम भइरहेको जानकारी दिए ।
...