लाइसेन्सको अनलाइन आवेदन कसरी दिने ? यस्तो छ तरिका

सोमबारबाट सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन खुला भएको छ । यातायात व्यवस्था विभागले बायोमेट्रिक डेटका आधारमा आइतबार, सोमबार, मंगलबार र बुधबार कोटा उपलब्ध हुने जनाएको छ ।यही कोटाभित्र आवेदन दिनुपर्नेछ । यसअघि कोटा हटाउने भनिएपनि देशभरका यातायात कार्यालयको क्षमता अनुसार कोटा निर्धारण नगरी आवेदन लिन सकिने नदेखिएपछि कोटा तोकिएको विभागका प्रवक्ता लोकनाथ भुसाल बताउँछन् ।देशभरका २१ कार्यालयको क्षमता अनुसारको कोटा अन्तर्गत दैनिक करिब ५ हजार आवेदन संकलन हुने विभागले जनाएको छ ।अनलाइन आवेदन दिने तरिकाअनलाइन आवेदन दिन सुरुमा यातायात व्यवस्था विभागको वेबसाइट खोल्नुपर्नेछ । विभागको वेवसाइट खुलेपछि भित्र दायाँतर्फ ‘महत्वपूर्ण लिङ्कहरू’ भन्ने अप्सन छ । त्यही अप्सनभित्र रहेको ‘अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली’ भन्ने लिंकमा क्लिक गर्नुपर्छ । त्यहाँ क्लिक गरेपछि अर्को नयाँ विन्डो खुल्नेछ । त्यसको माथि लेखिएको ‘Online Driving License Registration’ मा क्लिक गर्नुपर्नेछ । त्यसमा क्लिक गरेर फेरि सिटिजनशीप भनेको ठाउँमा नेपाल छानेर New License मा अप्लाई गरी Prosid मा क्लिक गर्नुपर्नेछ ।प्रोसिडमा क्लिक गरेपछि फाराम खुल्छ । फाराममा मागे जति विषय भरी (category र mobile number अनिवार्य भर्नैपर्छ, एकपटक लेखेपछि मिलाउन मिल्दैन) ‘submmit’ मा क्लिक गर्नुपर्छ ।submmit गरेपछि तोकिएको कोटाभित्र फाराम परेको खण्डमा उक्त फाराम विभागको सिस्टमले एक्सेप्ट गर्छ । तर, कोटाभित्र परेन भने आजको लागि कोटा पुरा भएको जानकारी विभागले दिनेछ र फाराम एक्सेप्ट गर्नेछैन ।यदि फाराम एक्सेप्ट भयो भने त्यहाँ भरिएको पेपर प्रिन्ट गरेर आफूसँग एक कपी राख्नुपर्छ । उक्त पेपरमा बायोमेट्रिकको पालो कहिले आउँछ भनेर लेखिएको हुन्छ । त्यसपछि तेकिएको समयमा बायोमेट्रिक आवेदक फाराम, नागरिकतासहित तोकिएको यातायात कार्यालयमा जानुपर्ने हुन्छ ।बायोमेट्रिकमा फोटो खिच्ने, औंठा छाप लिने काम हुन्छ । त्यही दिन लिखित परीक्षाको तालिका लिन सकिन्छ ।

सम्बन्धित सामग्री

शैक्षिक प्रमाणपत्रका लागि अनलाइन आवेदन दिने तरिका सार्वजनिक

११ माघ, काठमाडौँ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले अनलाइन मार्फत शैक्षिक प्रमाण पत्र आवेदन दिने तरिका सार्वजनिक गरेको छ । त्रिविले विद्यार्थीको ट्रान्सक्रिप्ट, प्रोभिजनल, पुनर्योग, प्रतिलिपि लगायतका शैक्षिक प्रमाणपत्रको लागि माघ १५ गतेदेखि कसरी अनलाइन आवेदन दिने तयारी गरेको छ । प्रक्रिया पुर्‍याएर आवेदन दिएको विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए […]

चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भोलि दिउँसो १२ बजेबाट पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै भोलि दिउँसो १२ बजेबाट दिनको १२० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला गरिन लागेको जनाएको हो । सूचनामा नेपाल सरकारको राहदानी विभागको सूचना अनुसार राहदानी सेवालाई सरल, सहज र […] The post चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चिकित्सा शिक्षा: पीजीको एकीकृत प्रवेश परीक्षा स्थगित, आवेदन दिने म्याद थप

आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन भएको जनाएको छ।  आयोगले अनलाइन आवेदन फारम भर्ने म्याद थप भएको जानकारी दिएको छ।

आइसिटी अवार्डमा आवेदन दिने आज अन्तिम दिन, १२ विधामा यसरी दिनुहोस् अनलाइन आवेदन

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणका लागि विभिन्न १२ विधामा अनलाइन नोमिनेशन (आवेदन) भदौ १५ गते बुधबारसम्म बुझाउन सकिने भएको छ ।  गत साउनदेखि खुला गरिएको अनलाइन आवेदन आज रातिदेखि बन्द हुने भएको हो ।  लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको...

लाइसेन्सका पाँच लाख ७२ हजार आवेदन रद्द, आजदेखि नयाँ प्रणाली

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । हालसम्म परेका पाँच लाख ७२ हजारभन्दा बढी आवेदनहरू रद्द गरिएको विभागले जनाएको छ । पुराना आवेदन बन्द गर्दै नयाँ प्रणालीमार्फत आवेदन दिने व्यवस्था मिलाएको छ । नयाँ तथा वर्ग थप गर्न हालसम्म परेका सबै अनलाइन आवेदन रद्द गरी नयाँ प्रणालीको गर्न लागिएको विभागले जनाएको छ । सोमबार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु हुन लागेको विभागले जनाएको छ । नयाँ सवारी चालक अनुमति पत्र

इजरायलको लागि अनलाईन आवेदन दिने प्रणालीको सर्भरमा क्षति, अनलाईन आवेदन रोकियो

काठमाडौं। वैदेशिक रोजगार विभागले इजरायलमा नेपाली सहायक कामदार पठाउनको लागि सञ्चालन गरेको अनलाइन आवेदन दिने प्रणालीको सर्भरमा क्षति पुगेको छ। हिजो राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तर्गतको‘जीआइडीसी’मा विद्युतमा गडबढी हुँदा सर्भरमा क्षति पुगेको हो। सर्भरमा क्षति हुँदा अनलाइन आवेदन दिने कार्य अवरुद्ध भएको छ।“प्रणाली चाँडै सुचार गराउने कार्यका लागि आवश्क सबै पहलहरु भैरहेका व्यहोरा समेत अवगत गराउन चाहन्छौं,”विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नबिल डिजि बैंकमा व्यवसायिक कर्जाको अनलाइन आवेदन सुविधा

काठमाडौं । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा गई साना तथा मझौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन् । यो सुबिधा बैंकलाई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको र ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ्ग सेवाहरुको प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको जनाएको छ । यो स

'ड्राइभिङ' लाइसेन्सको अनलाइन आवेदन बिहीवारदेखि बन्द हुने

काठमाण्डाै – यातायात व्यवस्था विभागले आउँदाे बिहीवारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द गर्ने भएको छ । विभागले सूचना निकालेर कोरोना महामारीका कारण वैशाख १६ गते बिहीवारदेखि अर्काे सूचना नआएसम्मका लागि अनलाइन आवेदन प्रणाली बन्द गर्ने जानकारी गराएको हो । गएको वर्ष लकडाउन तथा निषेधाज्ञाले झण्डै १० महिनासम्म सवारी चालक अनुमति पत्रको परीक्षा रोकिँदा सेवाग्राहीको चाप बढेको थियो । अहिले अनलाइन आवेदन दिएकाहरूको परीक्षा दिने पालो झण्डै आठ महिनापछि तोक...