मेलम्ची खानेपानीको सफल परीक्षण, सात हजार धारामा  झर्यो पानी

मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ । आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरूले सूर्यविनायक पाण्डुबजारस्थित मेलम्चीको खानेपानी ट्याङ्कीको साँचो खोलेर आज नगरपालिका भित्रका दुई हजार ५०० घरका धारामा पानी छोडी परीक्षण सम्पन्न गरिएको हो ।खानेपानीको पुरानो पाइपलाइन रहेका क्षेत्रहरू जगाती आदर्श, पाण्डुबजार, घलाते, चुनदेवी, सुवर्ण चोक, सल्लाघारीदेखि राधेराधे पुलसम्मका घरका धारामा सफलतापूर्वक पानी छोडी परी

सम्बन्धित सामग्री

मेलम्ची खानेपानीको सफल परीक्षण, सात हजार धारामा झर्‍यो पानी

मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ । आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरूले सूर्यविनायक पाण्डुबजारस्थित मेलम्चीको खानेपानी ट्याङ्कीको साँचो खोलेर आज नगरपालिका भित्रका दुई हजार ५०० घरका धारामा पानी छोडी परीक्षण सम्पन्न गरिएको हो । खानेपानीकोे पुरानो पाइपलाइन रहेका क्षेत्रहरू जगाती आदर्श, पाण्डुबजार, घलाते, चुनदेवी, सुवर्ण चोक, […]

मेलम्ची नगरपालिकामा काँग्रेसका तामाङ निर्वाचित

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेयरमा काँग्रेसका आइतमान तामाङ निर्वाचित भएका छन् । एमालेका बालकृष्ण देउवालाई पराजित गर्दै उनी विजयी भएका हुन् । उनले ११ हजार २५८ मत प्राप्त गरे भने पराजित एमालेका देउजाले ११ हजार १६५ मत पाए । उपप्रमुखमा एमालेका उमा प्रधान १० हजार १६४ मत पाएर विजयी भइन् भने राप्रपाका कुमारी तामाङले ८ हजार ३५६ मत पाएर पराजित बनिन् ।

बाढी प्रभावितलाई लगाउन २० हजार खोप मेलम्ची पुर्याइयो

सिन्धुपाल्चोक : हेलम्बू-मेलम्ची बाढी प्रभावित २० हजार जनाका लागि कोरोना विरुद्धको खोप उपलब्ध भएको छ। बाढी पीडितहरूका लागि भोलि बिहीबारदेखि लगाउन मिल्ने गरी खोप केन्द्रमा खोप पठाइएको हो।सिन्धुपाल्चोकको बाढी प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकाका लागि ८ हजार, मेलम्ची नगरपालिकाका लागि ७ हजार र हेलम्बू गाउँपालिकाका लागि ५ हजार मात्रा खोप स्थानीय तहका तोकिएका खोप केन्द्रमा पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए। बाढी प

मेलम्ची नगरपालिकाद्वारा बाढी प्रभावितलाई आर्थिक सहयोग

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाले राहतस्वरूप बाढीबाट प्रभावित भएकाको क्षतिको वर्गीकरणअनुसार २५, २०, १५ र १० हजार आर्थिक सहयोग गरेको छ। नगरपालिकाले २८६ जना र नेपाल रेडक्रस सोसाइटीले २५ हजारका दरले २५ जनालाई गरी ३११ जनाको खातामा रकम जम्मा गरेको मेलम्ची नगरपालिकाका लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिए। मेलम्चीमा रहेका नेपाल बैंक, कुमारी, सिभिल, कृषि विकास, […]

मेलम्ची र मनाङका बाढी पीडितलाई नेपाल बैंकको ८ लाख सहयोग

काठमाडौँ– बाढी पीडित मेलम्ची तथा चामे मनाङवासीलाई नेपाल बैंकले आठ लाख रुपैयाँ सहयोग गरेको छ। मेलम्ची नगरपालिकामा पर्ने मेलम्ची बजार क्षेत्र तथा वडा नं. ६, ७, १०, ११, १२, १३ लगायतमा ठूलो धन–जनको क्षति भएको, पीडित जनतालाई सहयोग गर्न यस बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राहत स्वरुप चार लाख पचास हजार रुपैयाँ उक्त नगरपालिकालाई […]

तङ्ग्रिंदैछ मेलम्ची, खोजिरहेछ केन्द्र सरकारको साथ

२७ असार, मेलम्ची (सिन्धुपाल्चोक) । असार १ गते साँझ आएको बाढीले पुर्‍याएको क्षति अवलोकन गर्न २६ दिनपछि प्रधानमन्त्री केपी ओली शनिबार सेनाको हेलिकप्टर चढेर मेलम्ची बजार र हेलम्बु पुगे । अवलोकनपछि प्रधानमन्त्रीले पीडित परिवारलाई अस्थायी घरबास निर्माणका लागि तत्काल प्रति परिवार ५० हजार नगद र चाहिएजति जस्तापाता उपलब्ध गराउने आश्वासन दिएका छन् । बाढीबाट हेलम्बु […]

मेलम्ची र हेलम्बुका बाढीपीडितलाई सरकारले प्रतिपरिवार ५० हजार दिने

सरकारले मेलम्ची तथा हेलम्बु क्षेत्रका बाढीपीडित नागरिकलाई प्रतिपरिवार ५० हजारका रुपैयाँका दरले सहयोग गर्ने भएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित पालिकाहरूलाई राहत कोष तथा सामग्री हस्तान्तरण गरेका हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ३६६ घरपरिवारलाई रु ५० हजारका दरले जम्मा रु एक करोड […]

मेलम्ची–हेलम्बुका बाढीपीडित परिवारलाई ५० हजार सहयोग

काठमाडौं। मेलम्ची–हेलम्बु क्षेत्रका बाढीपीडितलाई सरकारले प्रतिपरिवार ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ। यी क्षेत्रको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित पालिकाहरूलाई राहत कोष तथा सामग्री हस्तान्तरण गरेका हुन्। यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ३६६ घरपरिवारलाई ५० हजार रुपैयाँका दरले जम्मा एक करोड ८३ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

मेलम्ची नगरको विपद् कोषमा शिक्षकको सहयोग

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले शुरु गरेको मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा मेलम्चीका शिक्षकहरुले तीन दिन बराबरको तलब जम्मा गरेका छन । नगरपालिकामा कार्यरत शिक्षकको तीन दिन बराबर हुन आउने रकम रु ११ लाख ३६ हजार ८३९ एकमुष्ट जम्मा गरिएको नेपाल शिक्षक महासङ्घ मेलम्ची नगरपालिका समितिका अध्यक्ष शिवप्रसाद ढुङ्गानाले जानकारी दिए। यही असार १ गते […]

चाँगुनारायण र मध्यपुरथिमी नगरपालिकाद्वारा मेलम्ची र हेलम्बुलाई सहयोग

काठमाडौं। चाँगुनारायण र मध्यपुरथिमी नगरपालिकाले बाढीपहिरा प्रभावितको उद्दार र राहतको लागि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग गरेका छन्। चाँगुनारायण नगरपालिकाले मेलम्ची नगरपालिकालाई १० लाख र हेलम्बु गाउँपालिकालाई पाँच लाख दिने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए।मध्यपुरथिमी नगरपालिकाले पनि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई ११ लाख ११ हजार १११ को दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।