चाँगुनारायण र मध्यपुरथिमी नगरपालिकाद्वारा मेलम्ची र हेलम्बुलाई सहयोग

काठमाडौं। चाँगुनारायण र मध्यपुरथिमी नगरपालिकाले बाढीपहिरा प्रभावितको उद्दार र राहतको लागि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग गरेका छन्। चाँगुनारायण नगरपालिकाले मेलम्ची नगरपालिकालाई १० लाख र हेलम्बु गाउँपालिकालाई पाँच लाख दिने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए।मध्यपुरथिमी नगरपालिकाले पनि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई ११ लाख ११ हजार १११ को दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

सम्बन्धित सामग्री

श्रीमती हत्या अभियोगमा पक्राउ

प्रहरीले श्रीमती हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण नगरपालिका ३ झौखेल पिपलबोट डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ८ का सन्तोष भुजेललाई श्रीमती पवित्रा राईको हत्या आरोपमा पक्राउ गरिएको छ ।

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमती २१ वर्षीया पवित्रा राईको हत्या गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-३ झौखेल पिपलबोट डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-८ घर भएका २५ वर्षीय सन्तोष भुजेललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । सन्तोषले कुटपिट गर्दा गम्भीर घाइते भएकी पवित्राको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको …

मेलम्ची नगर र हेलम्बु गाउँपालिकालाई चाँगुनारायण नगरपालिकाको १५ लाख सहयोग

विपद्मा परेका सिन्धुपाल्चोकका बासिन्दालाई भक्तपुरको चाँगुनारायण नगरपालिकाले आर्थिक सहयोग गरेको छ । नगरपालिकाले बाढी र डुबानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिकालाई १० लाख र हेलम्बु गाउँपालिकालाई ५ लाख गरी जम्मा १५ लाख रुपैयाँ सहयोग गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । मेलम्ची नगरपालिकालाई प्रदान गरिएको १० लाख रुपैयाँको चेक उपप्रमुख भगवती नेपाल र प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताललाई हस्तान्तरण गरिएको मिश्रले जानकारी दिएका छन् । चाँगुनारायण

चाँगुनारायण र मध्यपुरद्वारा मेलम्ची र हेलम्बुलाई सहयोग

भक्तपुर । चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।  चाँगुनारायण नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले मेलम्ची नगरपालिकालाई रु १० लाख र हेलम्बु गाउँपालिकालाई रु पाँच लाख दिने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए...