मेलम्ची नगरपालिकामा काँग्रेसका तामाङ निर्वाचित

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेयरमा काँग्रेसका आइतमान तामाङ निर्वाचित भएका छन् । एमालेका बालकृष्ण देउवालाई पराजित गर्दै उनी विजयी भएका हुन् । उनले ११ हजार २५८ मत प्राप्त गरे भने पराजित एमालेका देउजाले ११ हजार १६५ मत पाए । उपप्रमुखमा एमालेका उमा प्रधान १० हजार १६४ मत पाएर विजयी भइन् भने राप्रपाका कुमारी तामाङले ८ हजार ३५६ मत पाएर पराजित बनिन् ।

सम्बन्धित सामग्री

मेलम्ची खानेपानी विकास समिति तत्काल ब्युँताउन प्रकाशमानको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का निर्वाचित प्रकाशमान सिंहले खारेज भएको मेलम्ची खानेपानी विकास समिति तत्काल ब्युँताउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार काठमाडौंका नवनिर्वाचित सांसदहरुसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानी आयोजनाबारे ध्यानाकर्षण पत्र बुझाउँदै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले आर्थिक वर्ष २०७९/८० को […]

मेलम्ची मुहान पुग्दा प्रकाशमानलाई किन लाग्यो बेमज्जा?

मेलम्ची : काठमाडौं १ बाट चौथोपटक निर्वाचित भएपछि कांग्रेस नेता प्रकाशमान सिंह बिहीवार बिहान मेलम्ची पुगे। सिंहको साथमा थिए काठमाडौं १ बाट निर्वाचित दुई प्रदेश सभा सदस्य, वाग्मती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, सुरेशचन्द्र लामिछाने र काठमाडौं ३ 'क' का प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा। काठमाडौं १ मा मत माग्दा…

मेलम्ची समस्या समाधानका लागि पहल गर्छौं : नेता सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाका कर्मचारी र अन्यको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने बताएका छन् । मेलम्ची खानेपानी आयोजनाबाट आफूले पाउनुपर्ने तलब नपाएको आयोजनाका कर्मचारीले गुनासो गरेपछि उनले यस्तो बताएका हुन् । मेलम्ची खानेपानी आयोजनाबाट ६१ कर्मचारीले साउन महिनादेखि अहिलेसम्म […]

मेलम्ची खानेपानी मुहान पुगे प्रकाशमान सिंह

तेम्बाथान : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह मेलम्ची खानेपानी मुहान तेम्बाथान आइपुगेका छन्। काठमाडौं १ बाट निर्वाचित भएपछि सिंह बिहीवार बिहान सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको खानेपानी मुहानमा आइपुगेका हुन्। मुहान निरीक्षणका क्रममा उनलाई खानेपानी आयोजनाका कार्यकारी अधिकृत कमलराज श्रेष्ठले खानेपानी आयोजनाबारे ब्रिफिङ गरेका थिए। भ्रमणमा काठमाडौं १ को ‘क’बाट निर्वाचित…

पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित

मेलम्ची : पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन्। प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन्। काभ्रेपलाञ्चोकको बनेपामा बुधबार सम्पन्न मतदानमा पाँच सय ८२ व्यवसायीले मतदान गरेका थिए। अध्यक्षमा निर्वाचित क्षेत्रीले दुई सय ९७ मत प्राप्त गर्दा गौतमले एक सय २६…

मेलम्ची नगरपालिकामा कांग्रेसले भत्कायो एमालेको गढ

एमालेको परम्परागत गढ मानिने पश्चिमी सिन्धुपाल्चोकको केन्द्र मेलम्ची नगरपालिकामा कांग्रेसले भत्काइ दिएको छ। मेलम्ची नगरको प्रमुखमा कांग्रेस उम्मेदवार आइतमान तामाङ निर्वाचित भएका छन्।...

मेलम्ची नगरपालिका-१ मा एमालेको प्यानलै विजयी

सिन्धुपाल्चोकको मेलम्ची वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका उम्मेदवार कृष्णमुरारी चौलागाईंले ८ सय ३४ मत पाएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका दीपक थापाले ४ सय ९३ मत पाएका छन् । यस्तै नेकपा एसका रोहिणी प्रसाद चौलागाईंले ४ सय ८१ मत पाएका छन् ।

मेलम्ची पुगेर शशांकले गरे कांग्रेस सभापतिमा उठ्ने घोषणा

मेलम्ची : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने घोषणा गरेका छन्। कांग्रेस सिन्धुपाल्चोक क्षेत्र २ ले मेलम्चीमा आयोजना गरेको चियापान कार्यक्रममा महामन्त्री कोइरालाले आफू केन्द्रिय सभापतिमा लड्ने बताएका हुन्। कोइरालाले आफू सभापतिमा निर्वाचित भएपछि पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्ने दाबी गरे। साथै कोइरालाले युवाहरूलाई कृषिमा…