आर्थिक वर्ष २०७७/७८ को फागुनमा वाणिज्य बैङ्कहरूले साढे छ अर्ब नाफा थपे । कोरोना सङ्क्रमणबीच पनि बैङ्कहरूको नाफाको ग्राफ घट्नु परेको छैन । फागुन मसान्तसम्म करिब ४२ अर्ब नाफा आर्जन गर्दै वाणिज्य बैङ्कहरू सुरक्षित अवस्थामा छन् ।
नेपाल राष्ट्र बैङ्कका अनुसार हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कको नाफा फागुन महिनासम्म ४१ अर्ब ९५ करोड ९० लाख २० हजार रुपियाँ पुगेको छ । माघ महिनासम्म बैङ्कहरूको यस्तो नाफा ३५ अर्ब ९५ करोड ५६ लाख ८० हजार रुपियाँ रहेको थियो ।
चालू आर्थिक वर्षको फागुनमा सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा नबिल बैङ्क सबैभन्दा माथि छ । अघिल्लो महिना तेस्रो स्थानमा रहेको सो बैङ्कले फागुनमा तीन अर्ब १२ करोड ८८ लाख २० हजार खुद नाफा कमाएर पहिलो बनेको हो । अघिल्लो महिना नबिलभन्दा माथि रहेको ग्लोबल आईएमई बैङ्क दोस्रो स्थान