काठमाडौँ– अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा धरहरा र रानीपोखरीलाई झिलिमिली पारिएको छ। स्वास्थ्य मन्त्रालय र युनिसेफको आयोजनामा धरहरा र रानीपोखरीमा बत्ती बालिएको हो। शुक्रबारदेखि उक्त बत्ती बालिएको थियो। युनिसेफले जनाएअनुसार बालबालिकाको समृद्ध जीवनको परिकल्पनामा ऐक्यवद्धता जनाउन धरहरा र रानीपोखरीलाई झिलिमिली पारिएको हो। हरेक वर्ष नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ।
यो दिवस बालबालिकाका निम्ति राष्ट्र संघका सदस्य राष्ट्रहरूले, नागरिक समाजले, समुदायले र बालबालिका र युवाहरू आफैले काम गर्नुपर्ने स्मरण गराउने विश्व दिवस पनि हो।...
महोत्तरी / गोरखा भूकम्पले ध्वस्त बनाएको रानीपोखरी फेरि जमेको छ भने धरहरा फेरि ठडिएको छ ।
त्यही भूकम्पले नै ढालेको राजधानी काठमाडौँमा पूर्वकालमा एउटै रुखको काठले
गत पुस १४ गते काठमाडौंमा आयोजित आमसभामा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘धरहरा र रानीपोखरी केपी ओलीले बनाएको होइन’ भन्दै भाषण गरेपछि सामाजिक सञ्जालमा ट्रोल बन्यो । टिकटकमा मानिसले रमाइलो गरे ।संसद विघटनविरोधी आन्दोलनमा भाषण गर्दा एमाले बरिष्ठ नेता खनालले धरहरा र रानीपोखरीबारे दिएको प्रतिक्रिया यस्तो थियो –‘के केपी ओलीले रानीपोखरी बनाको हो ? त्यो त कालीगढहरुले बनाए नि । धरहरा केपी ओलीले बनाको हो ? केपी ओलीको पालामा बन्यो होला । तर, त्यो त सिकर्मीहरूले बनाए । कालिगढहरुले बन
काठमाडौं : रानीपोखरी र धरहरा २०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनायो। राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ मा रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरिन्।पाँच वर्षपछि रानीपोखरी मल्लकालीन स्वरुपमा निर्माण सम्पन्न गरी २०७७ कात्तिक ५ मा राष्टपति भण्डारीले उद्घाटन गरिन्। तर, धरहरा भने पुनर्निमार्णको काम नसकी यही वैशाख ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको पुनर्निर्माण अहिलेसम्म ६० प्रतिशत म