काठमाडौँ– अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा धरहरा र रानीपोखरीलाई झिलिमिली पारिएको छ। स्वास्थ्य मन्त्रालय र युनिसेफको आयोजनामा धरहरा र रानीपोखरीमा बत्ती बालिएको हो। शुक्रबारदेखि उक्त बत्ती बालिएको थियो। युनिसेफले जनाएअनुसार बालबालिकाको समृद्ध जीवनको परिकल्पनामा ऐक्यवद्धता जनाउन धरहरा र रानीपोखरीलाई झिलिमिली पारिएको हो। हरेक वर्ष नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ।