कर्णाली । कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको बाह्रौँ बैठक आज पनि चल्न सकेन । असार १ गते यता चारपटक स्थगित भएको सदन आज शुरु भएलगतै नेकपा (एमाले)ले अवरोध गरेको थियो । बैठक आरम्भ भएसँगै एमाले प्रदेशसभा दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले असार १ गते बजेट प्रस्तुत गरेको १० दिन बितिसके पनि सरकारले संसद्को गाम्भीर्य नबुझेको बरु […]