कर्णाली करिडोर सात दिन बन्द हुने

कर्णाली करिडोरको खुलालु–सल्लीसल्ला सडक योजना अन्तर्गत कर्णाली नदीको खुलालु सडक सात दिनलाई बन्द हुने भएको छ।...

सम्बन्धित सामग्री

कर्णाली करिडोर : चट्टानी भिरको अधुरो काम सेनालाई दिन माग

हुम्लावासीले कर्णाली करिडोर अन्तर्गत दुल्ली कुनादेखि याल्वाङ गौडाको भिरसम्म पर्ने छ वटा असजिला चट्टनी भिरको सडक पूर्ण निर्माणको जिम्मा नेपाली सेनालाई दिन माग गरेका छन् ।

जीवन बदल्दै कर्णाली करिडोर

दसैं मुखैमा आएकाले चामलको जोहो गर्नु थियो । गाउँघरमा चामल पाउने कुरै थिएन । चार दिन हिँडेर बाजुराको कोल्टी पुग्नुको विकल्प थिएन । हुम्लाको अदानचुली–२ श्रीनगरका तेजबहादुर, कल बुढा र हरू बुढा चामल ल्याउन भेडा–च्याङ्ग्राको बथान लिएर कोल्टी हिँडे ।

कर्णाली करिडोर अन्तर्गत कालीकाेट सडक खण्ड खुल्यो

कालीकाेट - अवरुद्ध कर्णाली करिडोर खुलेको छ । कर्णाली करिडोरको कालीकोट सडक खण्डको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसाको पहिरो पन्छाएपछि खुलेको हो । असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली करिडोर कालीकोटको नरहरिनाथ–८ को खुलालुदेखि पचालझरना गाउँपालिका–७ जाजरकाेटसम्म खुलेको छ ।  सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा आएको पहिरोले करिब ३० दिनदेखि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो तिन दिन लगाएर पन्छाएपछि खुलेको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले बताउन...

कर्णाली करिडोर खुल्यो

सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा आएको पहिरोले करिब ३० दिनदेखि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो तिन दिन लगाएर पन्छाएपछि खुलेको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले बताए।...

कर्णाली करिडोर एक सातादेखि बन्द

कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ । दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो । सडकमा गाडी थन्किएका छन् । लामो समयदेखि आफुहरुबीच बाटोमै अलपत्र परेको ट्रक चालक महावीर खड्काले बताए ।“म बाजुराका लागि सामान लिएर जादैँ थिए । लाफा सडकखण्ड आइतबारदेखि बन्द छ”, उनले भने । हिले सडकमा ढुङ्गा–माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे–हम्मे भएको चालक खड्का बताउँछन् ।“हप्ता दिन

चिसापानी–गुटु–मंगलसेन फास्ट ट्रयाक : आधा शताब्दी बित्दा पनि खुलेन ट्रयाक

साउन ९, सुर्खेत । ‘विकास गाडी चढेर आउँछ ।’ जब सडक बन्छ तब विकासका अनेक पाटा खुल्छन् । अर्थात् समग्रमा जीवनशैलीमा परिवर्तन शुरु हुन्छ । सडकले पूर्वाधारको ७० प्रतिशत भूमिका निर्वाह गर्ने विकासविद्हरुको बुझाइ छ ।  सामाजिक–आर्थिक विकासको पूर्वसर्त नै पूर्वाधार विकास हो अनि सडकचाँहि पूर्वाधार विकासको पनि पूर्वाधार हो । सडकले विकास ल्याउँछ भन्ने भनाइले सडक बनेसँगै सबै पूर्वाधार बन्न थाल्नेमा दुई मत छैन । सन् २१०० सालसम्ममा नेपाल समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने दीर्घकालीन सोच राखी सोही मार्गचित्रका आधारमा नेपालको विकास हुँदैछ ।  यसका लागि सडक सञ्जालको भूमिका अहम देखिन्छ । तर निर्माण कार्य शुरु भएको आधा शताब्दी वितिसक्दा समेत कैलालीको चिसापानी–सुर्खेतको गुटुहुँदै अछामको जंगलघाट मंगलसेनसम्मको फास्ट ट्रयाक अहिलेसम्म खुल्न सकेको छैन ।  २०२८ सालबाट निर्माण कार्य थालिएको चिसापानी–गुटु–मंगलसेन फास्ट ट्रयाक राजनीति ईच्छाशक्तिको अभावमा ५० वर्ष बितिसक्दा समेत सडक बन्न नसकेको हो । अछामतर्फबाट सुर्खेतको सिमाना जंगलघाटसम्म १० वर्ष पहिले नै सडक पुगि सकेको भएपनि सुर्खेतको गुटुदेखि करीब १५ किलोमिटर ट्रयाक मात्र खुल्न बाँकी छ ।  यो व्यापारिक दृष्टिकोणले ऐतिहासिक रणनीतिक महत्व बोकेको सडक हो । विसं २०२५ सालमा तत्कालिन पञ्चायती व्यवस्थाका अछाम जिल्ला सभापति हरीप्रसाद भण्डारीले भारतको तिकुनीयाबाट चिसापानी हुँदै मंगलसेनसम्म काँधमा बोक्दै, बाटो काट्दै जीप पुर्‍याएको यहि बाटो थियो । गाउँ–गाउँमा बाजागाजासहित खुशीयाली मनाउँदै र काँधमा बोक्न श्रमदान गर्दै मंगलसेनमा झण्डै ५३ वर्षअघि जीप पुगाएपछि अछाम सुगम जिल्लामा राखिएको थियो ।  सडक समृद्धिको आधार हो भन्ने चेतनाकै कारण चिसापानी हुँदै मंलसेनसम्म सडक आयोजनाको माग सहितको विन्तिपत्र तत्कालिन राजालाई बुझाइएपछि २०२८ सालदेखि यो सडक निर्माण थालिएको हो । चिसापानीबाट करीब एक ११० किलोमिटरको छोटो दूरीमै मंगलसेन पुगिने यो सडक निर्माणमा राज्यको खासै ध्यान पुग्न सकेको छैन । यो सडक निर्माण शुरु भएपछि हालसम्म देशमा थुप्रै व्यवस्था परिवर्तन भएका छन् । त्यो बेला जन्मिएका मान्छे अहिले सांसद मन्त्रीसमेत भइसक्दा पनि सडकको ट्रयाक नै नखुल्नु विडम्बना हो ।  त्यतीबेला जीप काँधमा बोकेर रमिता हेर्न गएकाहरु पनि अहिले त्यो सडकको चर्चा हराएकोमा चिन्तित छन् । ‘चिसापानी–गुटु–मंगलसेन फास्ट ट्रयाक ’ बाटो आयोजना नाम दिईएको यो सडक अहिले नेताहरुको भाषणमा समेत आउँदैन् । यो बाटो तत्कालिन समयमा अछाम, डोटी, कालिकोट, मुगु, दैलेख, सुर्खेतका नागरिकले हाट (पिठ्यूमा नुन बोकेर ल्याउन) जाने बाटो समेत हो । ५३ वर्ष पहिले गाडी लगेको सडकको अहिलेसम्म ट्रयाक नै नखुलेकोमा यस क्षेत्रका स्थानीय भन्दा हरिप्रसादका आफन्तहरु बढी दुःखित छन् ।   यो सडकका लागि नियमित टुक्रे बजेट विनियोजन भएपनि सही सदुपयोग भने हुन सकेको छैन । सडकका लागि अछामतर्फ बजेट छुट्याउनुको जरुरी नरहेको र विषेशगरी सुर्खेततर्फ बजेट छुट्याउनु पर्ने स्थानीय सरोकारवाला बताउँछन् । अछामका व्यवसायी चन्द्रप्रसाद ढुंगानाले यसअघि सडक डिभिजन कार्यालय महेन्द्रनगर र सुर्खेतबाट छुट्याईएको बजेट सही ठाउँमा खर्च नभएको बताए । ‘पहिलो काम भनेको गुटु–जंगलघाट ट्रयाक खोल्नु हो, तर महेन्द्रनगर सडक डिभिजनले कैलालीको भागमा मात्र र सुर्खेतले अर्कैतिर बजेटखर्च गर्दा राज्यले छुट्याएको बजेट सही सदुपयोग हुन नसकेको हो,’ ढुंगानाले भने, ‘अछामका जनप्रतिनिधिहरुले समेत चासो नै नदिने र सुर्खेत कैलाली तर्फकाले आफ्नैतिर बजेट खर्च गर्नाले यसतर्फ राज्यले ध्यान दिन सकेको छैन ।’ सुर्खेतबाट प्रतिनिधित्व गर्ने निवर्तमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याकलाई छिटो बनाउन संसदमा सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए ।  उनले संघीय संसदमा कुरा उठाए पनि प्रदेश सरकारले समेत आफ्नो बजेटमा उक्त सडकखण्डलाई समिट्नु पर्ने आवश्यक रहेको औल्याए । तर, अहिले पनि आफ्नो स्तरबाट निरन्तर सडक निर्माणका लागि प्रयास जारी राखेको उनको भनाइ छ ।  तराई–पहाड जोड्ने छोटो मार्ग तराई र पहाडका जिल्ला जोड्ने सबै भन्दा छोटो मार्ग भनेकै ‘चिसापानी–गुटु–मंगलसेन’ फास्ट ट्¥याक हो । १० वर्षअघि साविकको गुटु गाविसले ग्रामीण सडक कार्यक्रम अन्तर्गत थालेको उक्त मार्ग केन्द्रीय योजनामा समेत परेको थियो । पछि राजनीति पहुँच नहुँदा उक्त सडक ओझेलमा पर्दै गएको हो ।  अछामको मंगलसेन पुग्न पूर्व पश्चिम राजमार्गबाट डोटी हुँदै ३९० किलोमिटर यात्रा पार गर्नुपर्ने भएपनि चिसापानी मंगलसेन ९० किलोमिटर मात्रै दूरी पर्ने छोटो मार्ग हो । कर्णाली, चिसापानी हुँदै मंगलसेन जोड्न छोटो मार्गको बारेमा यस क्षेत्रबाट राजनीति गर्नेहरुले नबुझेकाले आझेलमा पर्दै गईरहेको स्थानीय समाजसेवी लक्ष्मीबहादुर बयक बताउँछन् । उनले कैलाली, सुर्खेत र अछाम जोड्ने उक्त सडक कर्णालीका बासिन्दालाई समेत सडक यातायातको दूरी छोटो हुने बताए । ‘तराईसँग मध्य पहाड र हिमाल जोड्न छोटो र निर्माणमा सहज भएकाले यसको महत्व बढी छ,’ उनले भने, ‘नेपालकै ठूलो क्षमताको बहुचर्चित गुटु–चौकुने सिमेन्ट उद्योगका लागि पनि सडकको बढी महत्व रहेको छ ।’ उक्त सडक बनेमा सिमेन्ट उद्योगको लागतसमेत कम हुने उनको भनाइ छ ।  उनले हाललाई तीन जिल्ला जोड्ने उक्त सडक निर्माण भएमा धनगढीको चामल सस्तो मूल्यमा अछामलगायत कर्णालीका जनताले पाउने जनाए । उनले भने, ‘यो सडक पूरा भएपछि उपभोग्य वस्तुको लागत कम हुनेछ ।’ कर्णाली–चिसापानी–घाटगाउँ–गुटु हुँदै अछाम जोड्ने सडक निर्माण भए पश्चिम सुर्खेतको विकासमा ठूलो टेवा पुग्ने समाजसेवी देवबहादुर थापाले बताए ।  उनका अनुसार यो सडकभन्दा पछि कल्पना गरिएको १४५ किलोमिटर लामो कर्णाली करिडोर हिल्सा–सिमिकोट–सलिसल्ला सडक सम्पन्न भइसकेको छ । दिगो विकासका लागि सबैभन्दा प्रभावकारी जग भनेकै सडक हो । झन्डै १ लाख किलोमिटर सडक सञ्जाल भइसक्दा पनि नेपालमा अझै उक्त त्रि–देशीय चिसापानी–गुटु–मंगलसेन सडक बन्न सकेको छैन ।

फुकोट कर्णाली आयोजना :मुआब्जाप्रति असन्तुष्टि

कालीकोट जिल्लामा निर्माण हुने अर्धजलाशययुक्त ४८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आफूहरूलाई दिन लागिएको मुआब्जा निर्धारणमा असन्तुष्टि जनाएका छन् । कर्णाली नदीको पानीलाई टनेलमार्फत सान्नीत्रिवेणी–३, सिस्नेगडामा ड्याम बनाएर सुरुङमार्फत भौरेकुनामा झार्ने आयोजनाको योजना छ । आयोजनाले रास्कोट, सान्नीत्रिवेणी र पचालझरनाको एक हजार २९४ कित्ता जग्गा अधिग्रहण गर्न लागेको हो । जिल्ला दररेट समितिले निर्धारण गरेको जग्गाको दररेट आफ्ना लागि स्वीकार्य नभएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् । ग्रामीण सडक आसपासका जग्गा प्रतिवर्गमिटर तीन हजार छ सयदेखि पाँच हजार सात सय रुपियाँ कायम गरिएको छ । कर्णाली करिडोर आसपास प्रतिवर्गमिटर एक हजार ५० रुपियाँ तोकिएको छ ।

नौ दिन पछि खुल्यो कर्णाली करिडोर

कालीकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपािलका वडा नं १ को अम्रेलदेव सामुदायिक वनको डिल फुटेर अबरुद्ध बनेको कर्णाली करिडोर खण्ड आजबाट सुचारु भएको छ । असार नौ गते रातीबाट लगातार सुख्खा पहिरो बग्न थालेपछि जितेदेखि शान्तीघाट रास्कोट खण्ड पुर्णरुपमा अवरुद्ध भएको थियो । नेपाली सेनाको निमार्ण कार्यदलले आज स्र्काभेटरद्वारा पहिरो पन्छाएपछि यातायात सुचारु भएका हुन ।

वर्षातले कर्णाली कोरिडोर बन्द

लगातारको वर्षाले ठाउँ–ठाउँमा आएको पहिरोले कर्णाली करिडोर बन्द भएको छ । तीन दिन यताको पानीले कर्णाली करिडोरको खुलालु जारकोट खण्डमा दुई ठाउँमा आएको पहिरोले करिडोर बन्द भएको हो ।