हाथवे स्टक डिलरको ६३ प्रतिशत हकप्रद शेयर जेठ २४ गतेसम्म विक्रीमा रहने

काठमाडौं । हाथवे स्टक डिलर लिमिटेड (Hathway Stock Dealer Limited) ले वैशाख ६ गतेदेखि विक्रीमा ल्याएको हकप्रद शेयर (Right Share) जेठ २४ गतेसम्म विक्रीमा रहने भएको छ ।  कम्पनीले चैत २१ गते सूचना जारी गर्दै आगामी जेठ ९ गतेसम्म १ बराबर शून्य ६३ को अनुपातमा हकप्रद शेयर विक्री गर्ने जानकारी दिएको थियो । जेठ ९ गते कम्पनीले पुनः सूचना जारी गर्दै जेठ २४ गतेसम्मको अवधि थप गरेको जानकारी दिएको हो ।  कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरमा हकप्रद शेयर जारी गरेको हो । हकप्रद निष्कासन गर्नेसम्बन्धी प्रस्ताव कम्पनीको गत असोज २८ गते सम्पन्न प्रथम वार्षिक साधारण सभा (AGM)बाट पारित गरेको थियो ।

सम्बन्धित सामग्री

६३ % हकप्रद शेयर जारी गर्दै  हाथवे स्टक डिलर

काठमाडौं । हाथवे स्टक डिलर लिमिटेडले आगामी वैशाख ६ गतेदेखि ६३ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ ।  कम्पनीले चैत २१ गते सूचना जारी गर्दै आगामी जेठ ९ गतेसम्म उक्त हकप्रद शेयर विक्री गरिने जानकारी दिएको हो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरमा हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद निष्कासन गर्ने सम्बन्धि प्रस्ताव गत असोज २८ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाबाट पारित भएको थियो । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

९ महीनामा अपि पावरले कमायो १७ करोडभन्दा बढी खुद नाफा

वैशाख ३०, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अपि पावर कम्पनी लिमिटेडले रू. १७ करोड ३८ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३७ दशमलव ७२ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. १२ करोड ६२ लाखभन्दा बढी थियो ।  यस वर्ष विद्युत् विक्री आम्दानी गत वर्षभन्दा ५१ प्रतिशत बढी भएकाले कम्पनीको खुद नाफा बढ्नमा सहयोग मिलेको हो । गत वर्ष रू. २८ करोड ८१ लाखभन्दा बढीको विद्युत् विक्री गरेको कम्पनीले यस वर्ष रू. ४३ करोड ५० लाखभन्दा बढीको विद्युत् विक्री गरेको हो ।  कम्पनीको खर्च रकम गत वर्षभन्दा ३ दशमलव ६३ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ३ करोड ८२ लाखभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष रू. ३ करोड ९६ लाखभन्दा बढी खर्च गरेको हो । हकप्रद शेयर र बोनस शेयर मार्फत चुक्तापूँजी वृद्धि गरी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार कायम गरेको कम्पनीको जगेडा कोष रकम रू. २३ करोड ६१ लाखभन्दा बढी कायम भएको छ ।  कम्पनीको दीर्घकालिन कर्जा तथा सापटी रकम गत वर्षभन्दा ८८ दशमलव ८२ प्रतिशत बढी रू. ३ अर्ब ९६ करोड १४ लाखभन्दा बढी पुगेको छ । वार्षिक प्रतिशेयर आम्दाी रू. ८ दशमलव ४० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ५४ रहेको छ । यस अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात ३६ दशमलव ९५ गुणा छ ।                                                     स्रोतः कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण

एक्सेल डेभलपमेन्ट बैंकको बोनस र हकप्रद शेयरमा मूल्य समायोजन

असोज १, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार एक्सेल डेभलपमेन्ट बैंकको बोनस र हकप्रद शेयरपछिको मूल्य समायोजन गरेको छ ।  नेप्सेले बैंकको १२ प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रद शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजन पछिको मूल्य रू. ७६२ दशमलव ६८ निर्धारण भएको नेप्सेले जानकारी दिएको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ५३ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले बोनस र हकप्रदका लागि आज (शुक्रवार)देखि बुक क्लोज गर्दैछ । भदौ ३१ गते बिहीवारसम्म कायम शेयरधनीले लाभांश र हकप्रद शेयर पाउनेछन् ।   कम्पनीले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्न आगामी असोज १६ गते १५औं साधारण सभा आयोजना गरेको छ ।  सभा सिद्धार्थ होटल विर्तामोड, झापामा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी गराएको छ ।

साताको अन्तिम कारोबार दिन २९४४.७८ विन्दुमा नेप्से, १६ अर्बभन्दा बढीको कारोबार

जेठ २७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक २ हजार ९४४ दशमलव ७८ विन्दुमा बन्द भएको छ । यो दिन नेप्से परिसूचक १ दशमलव ८० अंकले घटेको हो । २ हजार ९६८ दशमलव शून्य ९ विन्दुदेखि खुला भएको बजार २ हजार ९७० दशमलव ५५ विन्दुसम्म पुगेको थियो । यो दिन २ हजार ९२६ विन्दुसम्म झरेर बजार उकालो लागेको हो । नेप्से परिसूचक सामान्य अंकले घटेपनि ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने २ दशमलव ५९ अंक बढेर ५२७ दशमलव ८७ विन्दुमा पुगेको छ । कारोबार रकमको उच्चता भने यस दिन पनि कायमै रहेको छ । बिहीवार २२० कम्पनीको १ लाख ५५ हजार ६९० पटकको व्यापारमा रू. १६ अर्ब १० करोड ४ लाख १२ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि शुक्रवार एक दिन बुक क्लोज गर्ने भएकाले पनि यो दिन कम्पनीले सर्वाधिक रकमको हिस्सा ओगटेको हो ।  बिहीवारसम्म शेयर कायम गरेका शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन गर्न पाउँने हुदाँ यस दिन कम्पनीको शेयरमा लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको हो । सर्वाधिक कारोबार भएको दिन कम्पनीको शेयरमूल्य पनि ७ दशमलव ७२ प्रतिशत बढेर अन्तिम मूल्य रू. ५८६ पुगेको छ ।  साताको अन्तिम कारोबार दिनको बजारबाट जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यस दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक २ दशमलव ९९ प्रतिशत बढेको हो ।  त्यस्तै, विकास बैंकको २ दशमलव ६३ प्रतिशत, वित्तको २ दशमलव ५७ प्रतिशत, लगानीको १ दशमलव शून्य ८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ७९ प्रतिशत र लघुवित्तको शून्य दशमलव १४ प्रतिशत परिसूचक बढेको छ । यस दिन पाँचथर पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३५ ले बढेर अन्तिम मूल्य रू. ३८५ पुगेको छ । पाँचथर पावरसहित एक दर्जन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस दिन लिवर्टी ईनर्जी कम्पनीको ९ दशमलव ९७ प्रतिशत, शिवश्री हाइड्रोपावरको ९ दशमलव ९७ प्रतिशत, ङदी ग्रुपको ९ दशमलव ९३ प्रतिशत, माउण्टेन ईनर्जी नेपालको ९ दशमलव ९२ प्रतिशत, रिडी हाइड्रोपावरको ९ दशमलव ९० प्रतिशत, बरुण हाइड्रोपावरको ९ दशमलव ८७ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ९ दशमलव ८५ प्रतिशत मूल्य बढेको छ । त्यसैगरी अरुणभ्याली हाइड्रोपावरको ९ दशमलव ८१ प्रतिशत, जोशी हाइड्रोपावरको ९ दशमलव ७३ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ९ दशमलव ६८ प्रतिशत, पोखरा फाइनान्सको ९ दशमलव ५५ प्रतिशत र अपि पावरको ९ दशमलव ४५ प्रतिशत शेयरमूल्य बढेको हो ।  यो दिन गोर्खाज फाइनान्सको शेयरमूल्य भने सर्वाधिक ४ दशमलव २५ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५९ ले घटेर अन्तिम मूल्य रू. १ हजार ३३० कायम भएको हो ।

शेयर कारोबार रकममा नयाँ रेकर्ड

काठमाडौं । सोमवार शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन हालसम्मकै उच्च रू. १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार बराबरको शेयर किनबेच भयो । यस दिन २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर कारोबार भएको थियो । जेठ ५ गते भएको सर्वाधिक रकमको रेकर्डलाई शेयर कारोबार रकमले सोमवार तोडेको हो । जेठ ५ गते रू. ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार बराबरको शेयर किनबेच भएको थियो । देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञाका कारण लगानीका अन्य विकल्प नहुँदा अनलाइन मैत्री शेयरबजारमा लगानी बढिरहेको छ । सोमवार २१६ कम्पनीको १ लाख ३६ हजार ४९९ पटकको व्यापारमा हालसम्मकै सर्वाधिक रकमको शेयर कारोबार भएको हो । कारोबार रकममा सर्वाधिक अंश यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले ओगटेको छ । आइतवार शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको कम्पनीको शेयरप्रति सोमवार उच्च आकर्षण रहेको देखियो । यस दिन यस कम्पनीको रू. १ अर्ब २६ करोड १९ लाख बराबरको शेयर कारोबार भयो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य पनि ७ दशमलव १० प्रतिशत बढेको छ । यस दिन प्रतिकित्ता रू. ३९ ले बढेर कम्पनीको अन्तिम शेयरमूल्य रू. ५८८ कायम भयो । हालसम्मकै उच्च रकमको कारोबार भएको दिन निर्जीवन बीमासमूह र लगानी समूहको परिसूचक सर्वाधिक बढेको छ । यस दिन निर्जीवन बीमा समूहको १ दशमलव ३९ प्रतिशत र लगानी समूहको १ दशमलव ३७ प्रतिशत परिसूचक बढेको छ । बैंकिङ समूहको शून्य दशमलव २२ प्रतिशत, जलविद्युत्को शून्य दशमलव १८ प्रतिशत र म्युचुअल फन्डको शून्य दशमलव ६३ प्रतिशत परिसूचक बढेको छ । सोमवारको बजारबाट वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । वित्त समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव २ प्रतिशत घटेको थियो । यस दिन व्यापारिक समूहको १ दशमलव ३७ प्रतिशत, होटेल तथा पर्यटन समूहको शून्य दशमलव ४९ प्रतिशत, विकास बैंकको शून्य दशमलव ९६ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ८१ प्रतिशत, अन्यको शून्य दशमलव ४१ प्रतिशत, लघुवित्तको शून्य दशमलव १ प्रतिशत र जीवन बीमासमूहको शून्य दशमलव ३१ प्रतिशत परिसूचक घटेको छ । सोमवार समग्र नेप्से परिसूचक भने ३ दशमलव शून्य ७ अंक अर्थात् शून्य दशमलव ११ प्रतिशत बढेर २ हजार ८२३ दशमलव शून्य ६ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३१ अंक अर्थात् शून्य दशमलव २६ प्रतिशत बढेर ५०८ दशमलव ४९ विन्दुमा पुगेको छ । सामान्य अंकले नेप्से उकालो लागेको यस दिन चार कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । वरुण हाइड्रोपावरको ९ दशमलव ९५ प्रतिशत, युनाइटेड इदी मादीको ९ दशमलव ८९ प्रतिशत, माउन्टेन हाइड्रोको ९ दशमलव ८७ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ९ दशमलव ४५ प्रतिशतले मूल्य बढेको छ । यस दिन एक्सेल डेभलपमेन्ट बैंकको ४ दशमलव ४७ प्रतिशत, गुडविल फाइनान्सको ४ दशमलव ३७ प्रतिशत र सेन्ट्रल फाइनान्सको ४ दशमलव १३ प्रतिशतले शेयरमूल्य घटेको छ । एक्सेल डेभलपमेन्ट बैंकको प्रतिकित्ता रू. ३० ले घटेर अन्तिम मूल्य रू. ६४१, गुडविल फाइनान्सको प्रतिकित्ता रू. १९ ले घटेर अन्तिम मूल्य रू. ४१६ र सेन्ट्रल फाइनान्सको प्रतिकित्ता रू. १३ ले घटेर अन्तिम मूल्य रू. ३०२ मा झरेको हो ।