साताको अन्तिम कारोबार दिन २९४४.७८ विन्दुमा नेप्से, १६ अर्बभन्दा बढीको कारोबार

जेठ २७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक २ हजार ९४४ दशमलव ७८ विन्दुमा बन्द भएको छ । यो दिन नेप्से परिसूचक १ दशमलव ८० अंकले घटेको हो । २ हजार ९६८ दशमलव शून्य ९ विन्दुदेखि खुला भएको बजार २ हजार ९७० दशमलव ५५ विन्दुसम्म पुगेको थियो । यो दिन २ हजार ९२६ विन्दुसम्म झरेर बजार उकालो लागेको हो । नेप्से परिसूचक सामान्य अंकले घटेपनि ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने २ दशमलव ५९ अंक बढेर ५२७ दशमलव ८७ विन्दुमा पुगेको छ । कारोबार रकमको उच्चता भने यस दिन पनि कायमै रहेको छ । बिहीवार २२० कम्पनीको १ लाख ५५ हजार ६९० पटकको व्यापारमा रू. १६ अर्ब १० करोड ४ लाख १२ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि शुक्रवार एक दिन बुक क्लोज गर्ने भएकाले पनि यो दिन कम्पनीले सर्वाधिक रकमको हिस्सा ओगटेको हो ।  बिहीवारसम्म शेयर कायम गरेका शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन गर्न पाउँने हुदाँ यस दिन कम्पनीको शेयरमा लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको हो । सर्वाधिक कारोबार भएको दिन कम्पनीको शेयरमूल्य पनि ७ दशमलव ७२ प्रतिशत बढेर अन्तिम मूल्य रू. ५८६ पुगेको छ ।  साताको अन्तिम कारोबार दिनको बजारबाट जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यस दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक २ दशमलव ९९ प्रतिशत बढेको हो ।  त्यस्तै, विकास बैंकको २ दशमलव ६३ प्रतिशत, वित्तको २ दशमलव ५७ प्रतिशत, लगानीको १ दशमलव शून्य ८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ७९ प्रतिशत र लघुवित्तको शून्य दशमलव १४ प्रतिशत परिसूचक बढेको छ । यस दिन पाँचथर पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३५ ले बढेर अन्तिम मूल्य रू. ३८५ पुगेको छ । पाँचथर पावरसहित एक दर्जन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस दिन लिवर्टी ईनर्जी कम्पनीको ९ दशमलव ९७ प्रतिशत, शिवश्री हाइड्रोपावरको ९ दशमलव ९७ प्रतिशत, ङदी ग्रुपको ९ दशमलव ९३ प्रतिशत, माउण्टेन ईनर्जी नेपालको ९ दशमलव ९२ प्रतिशत, रिडी हाइड्रोपावरको ९ दशमलव ९० प्रतिशत, बरुण हाइड्रोपावरको ९ दशमलव ८७ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ९ दशमलव ८५ प्रतिशत मूल्य बढेको छ । त्यसैगरी अरुणभ्याली हाइड्रोपावरको ९ दशमलव ८१ प्रतिशत, जोशी हाइड्रोपावरको ९ दशमलव ७३ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ९ दशमलव ६८ प्रतिशत, पोखरा फाइनान्सको ९ दशमलव ५५ प्रतिशत र अपि पावरको ९ दशमलव ४५ प्रतिशत शेयरमूल्य बढेको हो ।  यो दिन गोर्खाज फाइनान्सको शेयरमूल्य भने सर्वाधिक ४ दशमलव २५ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५९ ले घटेर अन्तिम मूल्य रू. १ हजार ३३० कायम भएको हो ।  

सम्बन्धित सामग्री

प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दै

काठमाडौं : नेपालमा पूर्ण प्रतिबन्धित क्रिप्टोकरेन्सी अर्थात् भर्चुअल मुद्रा कारोबार बढ्दै गएको छ।नेपाल राष्ट्रबैंकले बिटक्वाइनलगायत जुनसुकै डिजिटल मुद्रालाई २०७४ साउन २९ गते अवैध घोषणा गरेको थियो। राष्ट्रबैंकले नेपालमै वा विदेशमा बस्ने नेपाली नागरिकले यस्ता गैरकानूनी कारोबार गर्न नपाउने भनेको छ।अवैध कारोबार बढेपछि नेपाल राष्ट्रबैंकले पटक–पटक सचेत गराउँदै कारबाहीको चेतावनीसमेत दिएको छ। यद्यपि कारोबार भने रोकिएको छैन। राष्ट्रबैंकद्वारा वित्तीय कारोबार गर्न जारी नियम विनियम, निर्देश

यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी

काठमाडौं, १९ मंसिर । नेप्सेमा आज ४ अर्ब ९ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेमा उच्च अंकको गिरावट आएपनि केही कम्पनीको भने कारोबार उच्च भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको आज २८ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको हो । त्यस्तै, […]

कनेक्ट आईपीएसको कारोबार शुल्क घट्यो

नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ ।नयाँ कारोबार शुल्क अनुरूप बैंक-वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकले अब कारोबार रकम बमोजिम २ देखि ८ रुपैयाँसम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् । ५०० रुपैयाँसम्मको भुक्तानीमा प्रति कारोबार शुल्क २ रुपैयाँ, ५०० भन्दा माथि ५ हजारसम्म प्रति कारोबार शुल्क ४ रुपैयाँ […]

बढ्दै छ, वालेटमार्फत हुने कारोबार

काठमाडौं, असोज १०। विद्युतीय भुक्तानी सेवाप्रदायक वालेटमार्फत हुने कारोबार रकम पछिल्लो समय बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यसमार्फत हुने कारोबार रकम बढ्दै गएको देखाएको हो । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा मात्र वालेटमार्फत हुने कारोबार औसतभन्दा धेरै माथि गएको छ । गत आवको कुल कारोबार रकमको आधारमा वालेटमार्फत मासिक […]

किन घट्यो इन्टरनेट बैंकिङ कारोबार ?

मुलुकमा डिजिटल भुुक्तानीका विभिन्न माध्यमको कारोबार वृद्धि भइरहेको बेला इन्टरनेट बैंकिङ कारोबार भने घटेको छ ।  गत आर्थिक वर्ष २०७७/ ७८ को अन्तिम महिना असारमा इन्टरनेट बैंकङबाट हुने कारोबार रकम १३ अर्ब ८३ करोड २० लाख रुपैयाँ रहेको छ । जब कि त्यसअघिको वर्षको असार महिनामा यस्तो कारोबार १९ अर्ब ४ करोड ८० लाख रुपैया रहेको थियो ।  यस हिसाबले हेर्दा यस वर्ष २७ प्रतिशतले...

यी हुन् आज कारोबार उच्च हुने कम्पनी

काठमाडौं, २१ साउन । नेप्सेमा आज १४ अर्ब ३१ करोड बढीको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ६४ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । यसैगरी आज, अपि पावर कम्पनीको ५६ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । नेप्सेको अनुसार […]

बढ्यो कारोबार रकम

काठमाडौं। आज सेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ। नेपाल स्टक एक्चेञ्ज(नेप्से) का अनुसार आज बजारमा २२९ कम्पनीको कारोबारमा ९ अर्ब ९८ करोड २६ हजार रुपैयाँको कारोबार भएको छ भने हिजो ८ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको थियो। योसँग आज बजारमा आइतबार भन्दा एक अर्ब ९२ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

घट्यो कारोबार रकम

काठमाडौं। नेपाल स्टक एकस्चेञ्ज (नेप्से)मा आज पछिल्लो दुई महिना यताकै न्यून कारोबार भएको छ। नेप्सेमा आज जम्मा ४ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको हो। हिजो सोमबार नेप्सेमा चारअर्ब ५८ करोड रुपैयाँको कारोबार भएको थियो। जुन आजभन्दा ३६ करोड रुपैयाँले बढी हो। केही समयअघि नेप्सेमा १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुँदै आएपनि अहिले बिस्तारै कारोबार रकम खुम्चिँदै गएको छ।

बढ्यो कारोबार रकम

काठमाडौं। आज साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार रकम बढेको छ। हिजो बुधबार ५ अर्ब ८३ करोडको कारोबार भएको नेप्सेमा आज ६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको हो। पछिल्लो समय कारोबार रकम निरन्तर ओरालो लाग्ने क्रममा हिजो ६ अर्ब रुपैयाँबाट घटेपनि आज फेरि सुधारिएको नेप्सेले बताएको छ।

चन्द्रागिरीको सेयर कारोबार खुल्यो, कति  प्रतिकित्ता कतिमा भयो कारोबार ?

चन्द्रागिरी हिल्स लिमिटेडको सेयर कारोबार आइतबारबाट खुला भएको छ । चन्द्रागिरीको पहिलो कारोबार प्रतिकित्ता १ सय ६१ रुपैयाँमा भएको छ । चन्द्रागिरीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ९६ रुपैयाँ ६९ पैसादेखि अधिकतम २९० रुपैयाँ ७ पैसासम्म रेन्ज तोकेको थियो ।सोही रेन्जभित्र रहेर चन्द्रागिरीको पहिलो कारोबार भएको हो । ‘सीजीएच’ संकेतमा यसको कारोबार भएको छ । गत शुक्रबार चन्द्रागिरीको  १ करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता सेयर नेप्सेमा सूचीकरण भएको थियो ।