विश्वका दुई महाशक्ति राष्ट्र अमेरिका र चीनबीच शीतयुद्ध शुरू हुन लागेको दाबी विश्लेषकहरूले गरेका छन् ।
यो दाबीसँगै अमेरिकाको एकध्रुवीय प्रभुत्व क्रमशः कमजोर बन्दै जाने र चीन लगायतका मुलुकहरू सहितको बहुध्रुवीय विश्व बन्ने टिप्पणीहरू सतहमा आएका छन् ।
पहिलेको शीतयुद्धको बेलामा जस्तो महाशक्ति प्रतिस्पर्धा (ग्रेट पावर कम्पिटिसन) पुनः देखिन थालेको ती विश्लेषकहरूको दाबी छ ।
अफगानिस्तानबाट अमेरिकाले हतार गरेर सैनिक फिर्ता गर्नुलाई चीनसँगको प्रतिस्पर्धामा ध्यान केन्द्रित गर्ने रणनीतिका रुपमा व्याख्या गरिदैंछ । यस...