काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिणाम देखिने गरी चुनावमा होमिन निर्देशन दिनु भएको छ ।
बिहान आफ्नै निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति र प्रदेश इञ्चार्जको विस्तारित बैठकमा प्रचण्डले परिणाम देखिने गरी चुनावमा होमिन निर्देशन दिनु भएको हो । बैठकले जतिसक्दो छिटो उम्मेदवार चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रले सत्तागठबन्धनबीच भएको सहमतिअनुसार तालमेल गर्दै अगाडि बढ्ने जनाएको छ । केही समयअघि पाँच दलीय सत्तागठबन्धनले महानगरपालिका, उपमहानगरप...