९ चैत,बुटवल । ओभरलोड सामान बोकेका भारतीय मालवाहक ट्रकलाई सरकारी निकायले नियमन नगरेको भन्दै ट्रक व्यवसायीले गन्तव्यमा पुग्नबाट रोकेका छन् । भारतबाट मार्बललगायत सामान बोकेर बेलहिया नाका हुंदै काठमाडौं र पोखरा जान हिंडेका ४ वटा ट्रकलाई रुपन्देहीका ट्रक व्यवसायीले भैरहवा भन्सार कार्यालय नजिकै गए रातिदेखि रोकेर राखेका हुन् । रुपन्देहीमा रहेका दुई वटा ट्रक समितिमा […]
मोरङ प्रहरीले अवैध सुपारीसहित ८ वटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ । विराटनगर–१८ बाट प्रहरीले अवैध सुपारी बोकेको ८ वटा भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा सुपारी बोकेको ८ वटा भारतीय नम्बरका ट्रक नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ […]
विराटनगर महानगरपालिका–१८ बाट अवैध सुपारी बोकेको आठ वटा भारतीय नंका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत एवं प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले आज साँझ जारी गर्नुभएको जानकारीअनुसार बिहीबार राति १०ः ३० बजे समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा सुपारी बोकेको ती भारतीय ट्रक नियन्त्रणमा लिएको हो । यसरी नियन्त्रणमा लिएका एमपी ०९ एचजी ८३२०, एमपी २२ एचआई ०३१, युपी ५० बिटी ७२७७, युपि
मकवानपुरमा भारतीय नम्बर प्लेटको ट्रक दुर्घटना भएको छ । कान्तिलोक पथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाख नजिकै फलाम बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।शुक्रबार दिउँसो कान्तिलोकपथ सडकखण्डमा हेटौडा बाट ठिंगनतर्फ जाँदै गरेको सि जी ०७ बि अच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक सडक बाट अन्दाजी २००/२५० मिटर तल खसेको थियो ।मृत्यु हुनेमा ट्रक चालक भारतको पट्ना जिल्ला महाबलिपुर बस्ने ४० बर्षीय सुरेन्द्र यादव रहेको मकवानपुर प्रहरीले बताएको छ । ट्रक चालकको शव गाडिको स्ट
सप्तरी – सप्तरीमा सशस्त्र प्रहरीले अवैध तेलसहित एक भारतीय ट्रक नियन्त्रणमा लिएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १ कोशी ब्यारेजबाट ट्रक नियन्त्रणमा लिएको हो ।
ट्रकमा भन्सार नभएको ५४ लाख ९६ हजार रुपैयाँ बराबरको रिफाइन पाल्माेनियम तेल बरामद गरिएकाे हाे । यूपी ७५ एम ३६९५ नम्बरको भारतीय ट्रकमा १५ सय टिन तेल भेटिएकाे हाे । प्रहरीले ट्रक चालक भारतको उतर प्रदेश कानपुरका ३८ वर्षीय अवध बाबू र सहचालक २३ वर्षीय धिरज कुमारलाई पक्राउ गरेकाे छ ।
ट्रकसहित उनीहरूलाई आवश्यक अनुसन्ध...
७ चैत, वीरगञ्ज । बिल बिजकभन्दा फरक मालसामान बोकेको आशंकामा सशस्त्र प्रहरीले वीरगञ्जबाट एउटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ । आइतबार राति पौने ९ बजे वीरगञ्ज महानगरपालिका-२५ अलौं-वीरगञ्ज सडकखण्डबाट ट्रक नियन्त्रणमा लिइएको हो । एकीकृत भन्सार जाँच चौकी (आईसीपी)बाट वीरगञ्ज तर्फ आउँदै गरेको भारतीय नम्बर १५ एक्स एक्स ९९५९ को ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले […]
वीरगञ्ज – पर्सा प्रहरीले कम मूल्यांकन गरी भन्सार तिरेर ल्याइएको चक्लेट तथा पाचक लोड रहेका भारतीय ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले उक्त सामान लोड रहेको एनएल ०१ ६५४८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो। वीरगञ्ज महानगरपालिका–१७ आईसीपी सडकखण्डमा प्रहरीले उक्त ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा ट्रकमा प्रज्ञापनपत्रमा कम मूल्यांकन गरी भन्सार तिरी चक्लेट तथा पाचकलगायत वस्तु […]
भारतबाट आउने ओभरलोड मालबाहक ट्रकलाई नेपालमा नियन्त्रण नगर्दा नेपाली ट्रक काम नपाएर रितै बस्न बाध्य भएका छन् । भारतीय ट्रकले नेपालको सडक ऐन, ट्राफिक नियम कानुन बिपरीत ओभरटन बोकेर निर्वाधरुपमा चल्न पाए पछि नेपाली ट्रक काम नपाएर रित्तै थन्किन थालेका हुन् ।तराई यातायात व्यवसायी संघका महासचिव जिबन श्रेष्ठले भारतीय ट्रकले नियम कानुन मिचेर क्षमता भन्दा […]
जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानीस्थित मालटोलमा भारतीय ट्रक र ईन्धन बोक्ने ट्यांकर एक आपसमा जुध्दा २ जनाको मृत्यु भएको छ।
पूर्व-पश्चिम राजमार्गमा पर्ने मालटोलस्थित घुमाउरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बरको पिकअप बोलेरोलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बीआर ०६ जीडी ८८५९ नम्बरको…