लमजुङ – जीवनमा एकचोटि भए पनि ‘तिलिचो ताल’ पुग्ने धेरै पहिलेदेखिकै धोको थियो, सन्देश सापकोटाको । स्याङ्जा घर भएका सापकोटा अहिले सुन्दरबजार नगरपालिकाकाे प्राविधिक शाखामा अमिनका रूपमा काम गर्दै आउनुभएको छ ।
तिलिचो पुग्ने योजनामा उहाँसँगै सरिक भए साथीहरू परेक बोहोरा, सन्दीप केसी, विदुर सुवेदी, विकास सेढाईँ, विनोद विष्ट, ऋषिराम पौडेल र सुरेन्द्र पोख्रेल । उनीहरू सबै सुन्दरबजार नगरपालिकामा कार्यरत कर्मचारी हुन् ।
बिदा र फुर्सदको समय मिलाएर उनीहरू तिलिचो यात्रामा निस्कने योजना बनाए । गएको बुधवार...