हिउँ परेपछि चिसोले जमेको हिमाली जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल । हिमपात भइरहेको अवस्थामा पनि बाह्य पर्यटक यो ताल हेर्न आउने गरेका छन् ।
वरिपरि हिउँले ढाकेको र तालको सतहमा पानी जमेको नेपालको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल । उक्त ताल चार हजार ९१९ मिटर उचाइमा अवस्थित छ ।
ताल वरिपरि मुक्तिनाथ, तिलिचो हिमाल, नीलगिरि हिमशृंखलाले ताललाई मनमोहक र आकर्षक बनाएको छ । तिलिचो ताल माथिल्लो मनाङबाट करीब ४५ किमी दूरीमा पर्छ । तस्वीर : रासस