सिभिल बैंकले व्यावसायिकतामा छलाङ नै मारेको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिना अर्थात् दोस्रो त्रैमाससम्ममा नै आफ्नो नाफा १५० प्रतिशतले वृद्धि गर्न सफल भएको हो । बैकले पुस मसान्तसम्ममा कुल ५० करोड रूपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैकले २० करोड २८ लाख रूपैयाँ मात्र नाफा गरेको थियो ।तुलनात्मक रुपमा बैंकको यश वर्ष १५० प्रतिशतले नाफा वृद्धि गरेको हो ।बैंकले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ६९ करोड ७९ लाख रूपैयाँ