ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा ५ अर्ब २० करोड रूपैयाँ नाफा आर्जन गरेको छ। बैंकले अघिल्लो आवको तुलनामा २५ प्रतिशतले नाफा वृद्धि गरेको हो।...
१२ असार, काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफा घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको खुद ब्याज आम्दानीसँगै कुल सञ्चालन आम्दानी पनि वृद्धि भएको छ । बैंकले सञ्चालन खर्चलाई व्यवस्थापन गर्न सक्दा पनि निष्क्रिय कर्जामा भएको वृद्धिले सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन बढेको छ । जसले बैंकको नाफा […]
१९ साउन, काठमाडौं । खुद ब्याज आम्दानीमा वृद्धि भएपनि ट्रेडिङ आम्दानी नहुँदा कृषि विकास बैंकको नाफा घटेको छ । बिहीबार बैंकले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ६९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको […]
१२ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा एभरेष्ट बैंकको नाफा ४३.७७ प्रतिशतले वृद्धि हुँदा साढे दुई अर्ब नाघेको छ । तरलता (लगानी योग्य पुँजी) अभावका बीच बैंकको व्यवसाय विस्तार र स्प्रेड रेमा भएको वृद्धिले बैंकको खुद ब्याज आम्दानी र शुल्क तथा अन्य आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । जसले बैंकको सञ्चालन मुनाफा सँगै […]
९ साउन, काठमाडौं । व्यवसाय विस्तारसँगै खुद ब्याज आम्दनीमा उल्लेख्य वृद्धि गर्दा गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको नाफा उल्लेख्य रुपमा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले दुई अर्ब २ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७७/७८ […]
एनआईसी एशिया बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अन्तसम्ममा ३८.८६ प्रतिशतले नाफा वृद्धि गर्दै ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ कमाएको हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब २५ करोड १० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकले २७.५८ प्रतिशत खुद ब्याज आम्दानी वृद्धि गर्दै ११ अर्ब ७७ करोड २१ लाख ८७ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब २२ करोड ७५ लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।यस्तै, सञ्चालन नाफा तर्फ
५ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा एनआईसी एसिया बैंकले चार अर्ब ५२ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्ल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ३८.८६ प्रतिशतले वृद्धि गरेको छ । बैंकको नाफामा वृद्धि हुँदा प्रमुख वित्तीय सूचकमा […]
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २७ वाणिज्य बैंकको नाफा औसतमा १० दशमलव १० प्रतिशतले वृद्धि भएको छ ।
गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा वाणिज्य बैंकहरूको नाफा १० दशमलव १० प्रतिशतले वृद्धि भएर रू. ३४ अर्ब २१ करोड पुगेको हो । गत आवको दोस्रो त्रैमाससम्ममा यी वाणिज्य बैंकको कुल नाफा रू. ३१ अर्ब ७ करोड रहेको थियो ।
चालू आवको दोस्रो त्रैमाससम्ममा १६ ओटा वाणिज्य बैंकको नाफा १ अर्बभन्दा माथि छ । तीनओटा बैंकको नाफा २ अर्बमाथि पुुगेको छ । सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ । यो बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. २ अर्ब ६६ करोड नाफा कमाएको छ । गतवर्षको दोस्रो त्रैमासम्ममा यो बैंकले रू.२ अर्ब ३१ करोड नाफा कमाएको थियो ।
त्यस्तै नाफा बढी कमाउने दोस्रो स्थानमा एनआईसी एशिया र तेस्रोमा नबिल बैंक रहेका छन् । चालू आवको दोस्रो त्रैमाससम्ममा एनआईसी एशियाले रू. २ अर्ब ४० करोड र नबिल बैंकले रू.२ अर्ब १८ करोड नाफा कमाएका छन् ।
पछिल्लो समय उद्योगधन्दा र कलकारखाना कोभिड–१९ का कारण धराशयी हुँदै जाँदा वाणिज्य बैंकहरूको नाफा बढ्दै जानुलाई विज्ञहरू अस्वाभाविक मान्छन् । बैंकहरूको काम व्यापार गरेर नाफा कमाउने भए पनि नेपालको परिपे्रक्ष्यमा व्यापारघाटा बढाउन वाणिज्य बैंकहरूको भूमिका ठूलो रहेको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।
बैंकरहरूका अनुसार रिटर्न अन इक्विटीका आधारमा बैकहरूको कमाइ निकै कम हो । बैंकहरू पुँजी भारले थिचिएको लगानीकर्ताहरूको भनाइ छ ।
उत्पादनमा जोड नदिनाले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने गरेको थापा बताउँछन् । राज्यको उपयुक्त नीति नभएका कारण उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लघुवित्त र वित्त कम्पनीहरू मासिँदै जाने स्थिति आएको थापाले बताए ।
सिभिलको नाफा १४८ प्रतिशतले वृद्धि
चालू आवको दोस्रो त्रैमाससम्ममा २७ वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा सिभिल बैंक लिमिटेडले गरेको छ । यो बैंकले उक्त अवधिमा रू. ५० करोड ४० लाख नाफा कमाएको छ । सिभिल सबैभन्दा कम नाफा कमाउनेको सूचीमा रहेको भए पनि गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा नाफामा सुधार गरेको छ । गत आवको दोस्रो त्रैमासिक अवधिको तुलनामा यो बैंकको नाफा १४८ दशमलव ४२ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको दोस्रो त्रैमाससम्ममा यो बैंकको नाफा रू.२० करोड २८ लाख थियो ।
त्यसैगरी नाफा वृद्धि गर्ने दोस्रो स्थानमा सिद्धार्थ बैंक र तेस्रो स्थानमा सेन्चुरी कमर्शियल बैंक रहेका छन् ।
सिद्धार्थले गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा ७१ दशमलव ६८ प्रतिशतले नाफा वृद्धि गरेको छ । सेन्चुरी कमर्शियल बैंकले पनि गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमासम्ममा ५४ दशमलव ७७ प्रतिशतले वृद्धि गरेको छ ।
६ ओटा वाणिज्य बैंकको नाफा घट्यो चालू आवको दोस्रो त्रैमासम्ममा ६ ओटा वाणिज्य बैंकको नाफा घटेको छ । नाफा घट्नेमा प्राइम कमर्शियल, प्रभु, कुमारी, एभरेष्ट, नेपाल बंगलादेश र सनराइज बैंक रहेका छन् । सबैभन्दा बढी नाफा घट्नेमा कुमारी बैंक लिमिटेड रहेको छ । यो बैंकको नाफा २१ दशमलव ७७ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. १ अर्ब २१ करोड नाफा कमाएकोमा चालू आवको दोस्रो त्रैमासम्ममा यो बैंकको नाफा घटेर रू. ९५ करोड १७ लाखमा सीमित भएको छ ।
त्यसैगरी चालू आवको दोस्रो त्रैमाससम्ममा प्राइम कमर्शियल बैंकको ७ दशमलव ४३ प्रतिशत, प्रभु बैंकको १६ दशमलव ९० प्रतिशत, एभरेष्ट बैंकको १२ दशमवल ७९ प्रतिशत, नेपाल बंगलादेश बैंकको १३ दशमलव ८२ प्रतिशत र सनराइज बैंकको २१ दशमवल ४७ प्रतिशतले नाफा घटेको छ ।
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा राष्ट्रियस्तरका आठओटा विकास बैंकको नाफा १६ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ ।
विकास बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका विकास बैंकहरू गरिमा, महालक्ष्मी, लुम्बिनी, मुक्तिनाथ, ज्योति, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा, सांग्रिला डेभलपमेन्ट बैंकले चालू आवको दोस्रो त्रैमाससम्म रू. ३ अर्ब २० करोड १७ लाख नाफा कमाएका छन् । गतवर्षको सोही अवधिमा यी बैंकको नाफा रू. २ अर्ब ७३ करोड ९४ लाख रहेको थियो ।
यी ८ विकास बैंकको नाफामा वृद्धि भएको भए पनि वितरणयोग्य नाफामा भने कमी आएको छ । गतवर्षको दोस्रो त्रैमाससम्मको तुलनामा कामना, ज्योति र मुक्तिनाथको वितरणयोग्य नाफा उच्च दरले घटेकाले ८ विकास बैंकको वितरणयोग्य नाफामा कमी देखिएको हो । यी आठओटा विकास बैंकको गतवर्ष कुल रू. १ अर्ब ७४ करोड ८० लाख वितरणयोग्य नाफा भएकोमा यो वर्ष घटेर रू. १ अर्ब ६९ करोड ८६ लाखमा झरेको छ ।
यो गतवर्षको सोही अवधिको तुलनामा २ दशमलव ८२ प्रतिशतले कमी हो ।
टप १ मा रहेको मुक्तिनाथको नाफा घट्यो
राष्ट्रिय स्तरका आठओटा विकास बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउने पहिलो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकको नाफा गतवर्षको तुलनामा घटेको छ । यो बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । गतवर्षको सोही अवधिमा रू. ६१ करोड ५५ लाख नाफा कमाएको थियो । मुक्तिनाथले ८ विकास बैंकहरूको तुलनामा सबैभन्दा बढी नाफा कमाएको छ । तर, गतवर्ष कमाएको नाफाभन्दा चालू आवमा यो बैंकको नाफा २ दशमलव १४ प्रतिशतले घटेको छ ।
दोस्रोमा सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ । गरिमाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म्मा रू. ४९ करोड २९ लाख नाफा कमाएको छ । गतवर्षको सोही अवधिमा यो बैंकको नाफा रू. ३९ करोड ३५ लाख रहेको थियो । गतवर्षको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा बैंकको नाफा २५ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ ।
महालक्ष्मीको नाफा ३१ प्रतिशतले वृद्धि
महालक्ष्मी विकास बैंकको नाफा गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ३१ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. ३४ करोड ६८ लाख नाफा कमाएको थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा बैंकले रू. ४५ करोड ६२ लाख नाफा कमाएको छ ।
लुम्बिनी विकास बैंकको नाफा ३४ प्रतिशतले वृद्धि
गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा लुम्बिनी विकास बैंकको नाफा चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ३४ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. २६ करोड १८ लाख नाफा कमाएको थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३५ करोड १७ लाख नाफा कमाएको छ ।
साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ३३ प्रतिशलते वृद्धि
गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ३३ दशमलव ५९ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. २६ करोड ११ लाख नाफा कमाएको थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३४ करोड ८८ लाख नाफा कमाएको छ ।
ज्योति विकास बैंकको नाफा १२ प्रतिशतले वृद्धि
गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा ज्योति विकास बैंकको नाफा १२ दशमलव ५७ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. ३० करोड ५५ लाख नाफा कमाएको थियो भने चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा रू. ३४ करोड ४० लाख नाफा कमाएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५८ प्रतिशतले वृद्धि
गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५८ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा रू. १६ करोड ४८ लाख नाफा कमाएको बैंकले चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा रू. २६ करोड १८ लाख नाफा कमाएको छ ।
कामना सेवा विकास बैंकको नाफा करीब १२ प्रतिशतले घट्यो
कामना सेवा विकास बैंकको गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा ११ दशमलव ८९ प्रतिशतले नाफा घटेको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. ३९ करोड ४७ हजार नाफा कमाएकोमा चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा रू. ३४ करोड ३६ लाख नाफा कमाएको छ ।
महालक्ष्मी विकास बैंकको वितरणयोग्य नाफा १२० प्रतिशतले वृद्धि
महालक्ष्मी विकास बैंकको वितरणयोग्य नाफा १२० दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमासम्म यो बैंकको वितरणयोग्य नाफा रू. १२ करोड ४७ लाख रहेकोमा चालू आवमा वृद्धि भएर रू. २७ करोड ५० लाख पुगेको छ ।
त्यसैगरी लुम्बिनी विकास बैंकको वितरणयोग्य नाफा ५२ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्म रू. १६ करोड ३५ लाख वितरणयोग्य नाफा कमाएको बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा वृद्धि गरेर रू. २४ करोड ९४ लाख पुर्याएको हो ।
सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा ११८ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्म रू. ८ करोड २४ लाख रुपैयाँ वितरणयोग्य नाफा भएकोमा चालू आवको दोस्रो त्रैमाससम्ममा वृद्धि भएर रू. १८ करोड ४ लाख पुगेको छ ।
साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा २८ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ । यो बैंकको गतवर्षको दोस्रो त्रैमाससम्म रू. १६ करोड ९८ लाख वितरणयोग्य नाफा भएकोमा यो वर्ष वृद्धि भएर रू. २१ करोड ८० लाख पुगेको छ ।
त्यसैगरी गरिमा विकास बैंकको वितरणयोग्य नाफा ४१ दशमलव १४ प्रतिशतले वृद्धि भएको छ । यो बैंकको गतवर्षको दोस्रो त्रैमाससम्म रू. २५ करोड २३ लाख वितरण योग्य नाफा भएकोमा यो वर्ष वृद्धि भएर रू. ३५ करोड ६१ लाख पुगेको हो ।
कामना सेवाको वितरणयोग्य नाफा धेरै घट्यो
राष्ट्रियस्तरका आठओटा विकास बैंकमध्ये तीनओटाको वितरणयोग्य नाफा घटेको छ । चालू आवको दोस्रो त्रैमाससम्म मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक र कामना सेवा विकास बैंक लिमिटेडको वितरणयोग्य नाफामा कमी आएको छ । उक्त अवधिसम्ममा सबैभन्दा बढी वितरणयोग्य मुनाफामा कमी आउनेमा कामना सेवा विकास बैंक रहेको छ । यो बैंकको गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा वितरणयोग्य नाफा ६४ दशमलव ४१ प्रतिशतले घटेको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकको वितरणयोग्य नाफा रू. २७ करोड १९ लाख रहेकोमा चालू आवको दोस्रो त्रैमाससम्ममा घटेर रू. ९ करोड ६७ लाखमा सीमित भएको छ ।
त्यसैगरी मुक्तिनाथ विकास बैंकको वितरणयोग्य नाफा ५७ दशमलव ७२ प्रतिशतले घटेको छ भने ज्योति विकास बैंकको वितरणयोग्य नाफामा ३६ दशमलव २० प्रतिशतले कमी आएको छ । मुक्तिनाथ विकास बैंकको गतवर्षको दोस्रो त्रैमाससम्म वितरणयोग्य नाफा रू. ५२ करोड ५५ लाख रहेको थियो । चालू आवको दोस्रो त्रैमासमा यो बैंकको वितरणयोग्य नाफा घटेर रू. २२ करोड २१ लाखमा सीमित भएको छ ।
त्यसैगरी ज्योति विकास बैंकको गतवर्षको दोस्रो त्रैमाससम्ममा वितरणयोग्य नाफा रू. १५ करोड ७५ लाख थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा घटेर रू. १० करोड ५ लाखमा झरेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा झण्डै ५९ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २६ करोड १८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यस्तो नाफा बैंकले अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ४८ लाख ५ हजार रुपैयाँ कमाएको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्ष ५८.८७ ले बढी हो । बैंकले अघिल्लो महिना अर्थात् पुस मसान्तसम्म २६ करोड १८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, बैंकले समीक्षा अवधिमा खुद ब्याज आम्दानी ४६.८१ प्रतिशतले वृद्धि गर्दै