‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ ।यसअन्तर्गत दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत ३७ बालिकालाई प्रत्येक वर्ष रु. १२ हजारको छात्रवृत्ति प्रदान गरिने समाजका महासचिव सुशील बस्नेतले राससलाई जानकारी दिए । यो क्रम पाँच वर्षसम्म अर्थात् ती विद्यार्थी १० कक्षामा पुगुन्जेलसम्म निरन्तर रहनेछ […]