एमालेको उद्योग वाणिज्य विभाग दुगड र प्रसाइँको काँधमा

नेकपा एमालेले पार्टीका नेताहरुको कार्यविभाजन गर्दा उद्योग, वाणिज्य तथा आपुर्ति विभागमा पनि नेतृत्व टुंग्याएको छ । एमालेले १० औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै उद्योग, वाणिज्य तथा आपुर्ति विभागको प्रमुख र उपप्रमुख टुंगो लगाएको हो ।एमालेले यो विभागको प्रमुख र उपप्रमुखको जिम्मेवारी चर्चित उद्योगी र व्यापारीलाई दिएको छ । विभागको प्रमुखमा उद्योगी मतिलाल दुगड छन् भने उपप्रमुखमा मेडिकल व्यवसायी दुर्गा प्रसाइँ रहेका छन् । प्रमुख रहेका दुगड केपी ओली प्रधानमन्त्री हुँदा उद्योग राज्यमन्त्री बनेका थिए । पछि शक्ति सन्तुलनमा उद्योग मन्त्रालयको जिम्मेवारी आफूलाई साथ दिएका लेखराज भट्टलाई दिएर ओलीले दुगडलाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार बनाएका थिए । उपप्रमुख प्रसाइँ भने आइतबार मात्रै सकिएको एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनित भएका व्यवसायी हुन् । उनी झापाको बि.एण्ड.सी. मेडिकल कलेजका सञ्चालक हुन् । नेकपा एकताको समयमा ओली र प्रचण्डलाई एकै ठाउँमा राखेर मार्सी चामलको खाना खुवाएको तस्बिर बाहिरिएपछि प्रसाइँ ‘भाइरल’ बनेका थिए ।

सम्बन्धित सामग्री

वाणिज्य विभागको महानिर्देशकमा तीर्थ चिलुवाल

२६ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई जना सहसचिवको पदस्थापन र ४ जना सहसचिवको जिम्मेवारी हरेफेर गरेको छ । सोमबारको मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयले १२ भदौमा सरुवा भएर आएका दुई जना सहसचिवको वाणिज्य विभाग र कम्पनी रजिष्ट्रारमा पदस्थापन गरेको छ भने मन्त्रालयकै ४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । जसअनुसार वाणिज्य विभागको […]

वाणिज्य विभाग महानिर्देशकमा सहसचिव गजेन्द्रकुमार ठाकुर

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव गजेन्द्रकुमार ठाकुरलाई दिइएको छ । डेढ महिनादेखि रिक्त रहेको विभागमा मधेश प्रदेशमा कार्यरत ठाकुरलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णय गर्दै सोमबारदेखि महानिर्देशको जिम्मेवारी दिएका हुन् । तत्कालीन उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तत्कालीन महानिर्देशक महेश भट्टराईको फागुन १५ गते सरुवा […]

चाडवाडको मुखमा नेतृत्वविहीन बन्यो वाणिज्य विभाग, अलपत्र बन्यो बजार अनुगमन

सबैभन्दा धेरै कालोबजारी र कृत्रिम अभाव सिर्जना हुने समयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वविहीन बनेको छ । बजारमा हुने कालोबजारी, उपभोक्ता ठगी र कृत्रिम अभावमाथि प्रत्यक्ष निगरानी राख्ने निकायको रुपमा रहेको विभाग नेतृत्वविहिन हुँदा चाडबाडको मुखमा बजार अनुगमनको काम अलपत्र बनेको छ ।सरकारले दशैं तिहार जस्ता नेपालीका ठूला चाडपर्वको मुखमा विभागलाई नेतृत्व विहिन बनाएको छ । महानिर्देशक लिलाप्रसाद शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन शाखामा सरूवा भएपछि विभाग नेतृत्वविह

बजार अनुगमनबाट म्याद गुज्रेका सामान बरामद गरेर नष्ट

भक्तपुर : जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज आकस्मिक रुपमा गरेको बजार अनुगमनमा मासु पसलदेखि हार्डवेयर व्यापारीसम्मलाई कारबाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहाल, नापतौल विभाग, वाणिज्य विभाग, पशुपक्षी चिकित्सक, नेपाल आयल निगम, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घ, भक्तपुर नगरपालिका, जिल्ला घरेलु सङ्घ, […]

नेकपा एकीकृत समाजवादीमा झलनाथ खनाल सम्मानित नेता, कसलाई के जिम्मेवारी ?

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले नेताहरूको कार्य विभाजन गरेको छ । यसअघि बसेको केन्द्रीय कमिटी बैठक र असोज २१ गतेको स्थायी कमिटीले गरेको निर्णय अनुसार माधवकुमार नेपालले अध्यक्षसहित समग्र पार्टीको नेतृत्व गर्ने जिम्मेवारी पाउनुभएको छ ।त्यस्तै झलनाथ खनाललाई सम्मानित नेताको पद तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । मुकुन्द न्यौपाने तेस्रो वरीयतामा हुनुहुन्छ । उहाँले उद्योग, वाणिज्य विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।प्रदीप नेपाल पार्टीका प्रतिष्ठानहरूको इन्चार्ज तोकिनुभएको छ । त्यसैगर...

बजार अनुगमन बढाउन २० जना जनशक्ति थप

२१, साउन, काठमाडौं । बजारमा  ठगीका घटना बढेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले थप २० जना जनशक्ति वाणिज्य विभाग पठाएको छ । बजार अनुगमनमा तीब्रता दिन उद्योग, खानी र नापतौल गरी तीन वटा विभाग तथा मन्त्रालयको …

मास्क जफत

ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,  वाणिज्य विभाग जिल्ला बजार अनुगमन समितिले ललितपुरका औषधि पसल

बजार अनुगमन : ३० रुपैयाँमा पाइने मास्कलाई १०० मा बेच्दै

ललितपुर- तीस रुपैयाँमा पाइने मास्कलाई १०० रुपैयाँमा बेच्ने गरेको पाइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग जिल्ला बजार अनुगमन समितिले ललितपुरका विभिन्न स्थानमा...

महंँगोमा मास्क बेच्ने ललितपुरका औषधि पसलमा अनुगमन

ललितपुर - महंँगोमा मास्क बेच्ने ललितपुरका औषधि पसलमा अनुगमन भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,  वाणिज्य विभाग जिल्ला बजार अनुगमन समितिले ललितपुरका औषधि पसल अनुगमन गरेको हो । अनुगमनमा  टाइम मेडिकेयर फार्मेसीले  ३० रुपैयाँ पर्ने मास्कलाई एक सय रुपैयाँमा बेचेको पाइएको छ । खरीद बिलसमेत ...