नेकपा एकीकृत समाजवादीमा झलनाथ खनाल सम्मानित नेता, कसलाई के जिम्मेवारी ?

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले नेताहरूको कार्य विभाजन गरेको छ । यसअघि बसेको केन्द्रीय कमिटी बैठक र असोज २१ गतेको स्थायी कमिटीले गरेको निर्णय अनुसार माधवकुमार नेपालले अध्यक्षसहित समग्र पार्टीको नेतृत्व गर्ने जिम्मेवारी पाउनुभएको छ ।त्यस्तै झलनाथ खनाललाई सम्मानित नेताको पद तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । मुकुन्द न्यौपाने तेस्रो वरीयतामा हुनुहुन्छ । उहाँले उद्योग, वाणिज्य विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।प्रदीप नेपाल पार्टीका प्रतिष्ठानहरूको इन्चार्ज तोकिनुभएको छ । त्यसैगर...

सम्बन्धित सामग्री

झलनाथ खनाल पनि एमालेमै फर्किन तयार छन्ः मुकुन्द न्यौपाने

काठमाडौँ, चैत २५। नेकपा एकीकृत समाजवादी परित्याग गरेका नेता मुकुन्द न्यौपानेले झलनाथ खनाल पनि एमालेमा फर्कन तयार रहेको दाबी गरेका छन्। पत्रकार सम्मेलन गरेर पार्टी छाडेको घोषणा गरेका उनले आफूसँगै देशभरका धेरै नेताकार्यकर्ताहरू एमालेमा समाहित हुन तयार रहेको बताए। उनले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसमेत सम्मानित पद पाए एमालेमा नै फर्किने मनस्थितिमा रहेको दाबीसमेत गरे।

..ती मतपत्रहरु कसरी गायब भए ? : झलनाथ खनाल

झलनाथ खनाल : यहि २०७९ साल मंसिर ४ गते मुलुकमा प्रतिनिधि सभा र प्रदेश सभाको देशव्यापी निर्वाचनको सिलसिलामा म उमेदवार रहेको इलामको निर्वाचन क्षेत्र नं १ को मतगणना कार्य निर्वाचन आयोगले सम्पन्न भएको घोषणा गरेको छ । त्यस निर्वाचनको प्रक्रियामा म नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को तर्फबाट साझा उमेदवारको रुपमा […]

झलनाथ खनाल उम्मेदवार रहेको इलाम–१ को यस्तो छ नमुना मतपत्र

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ को नमुना मतपत्रमा ११ वटा चुनाव चिह्न रहेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राजनीति दल र स्वतन्त्रसहितका चुनाव चिह्न समेटेर मतपत्र तयार गरिएको हो । सो निर्वाचन क्षेत्रमा एमालेको सूर्य चिह्न पहिलो नम्बरमा रहेको छ भने जसपा दोस्रो र राप्रपाको हलो तेस्रो नम्बरमा रहेको छ । यसैगरी एकीकृत समाजवादी पार्टीको चुनाव चिह्न चौथो नम्बरमा रहेको छ ।  इलाम क्षेत्र नम्बर १ मा एमाले र एकी

झलनाथ खनाल इलाम १ बाट चुनाव लड्ने पक्का

काठमाडौँ – नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनाल इलाम-१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन्। आगमी ४ मंसिरमा हुन गइरहेको संघीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम-२ का लागि युवा संघका महासचिव सन्जिप राईलाई सिफारिस गरेको छ। प्रदेशसभा निर्वाचनका लागि प्रदेश-१ को क र खका […]

माधव नेपालसँग झलनाथ खनाल किन फायर भए

काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पार्टी अध्यक्ष माधवकुमार नेपालसँग असन्तुष्ट भएका छन् । पार्टीले मन्त्रीहरु हेरफेर गर्नेबारे गरेको निर्णय कार्यान्वयन गराउन अध्यक्ष नेपालले नसकेको भन्दै खनाल रुष्ट बनेका छन् । भोलि विहान अध्यक्ष नेपालसँग यसबारेमा एक्लाएक्लै भेटवार्ता गर्ने र कुराकानी गर्ने निधो गरेको खनालले जनाए । पार्टीले मन्त्रीहरु […]

इलाममा एमाले विभाजनको असर: यस्तो बन्दैछ झलनाथ खनाल र सुवास नेम्बाङको क्षेत्र

नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनले इलामका दुई ‘हेभिवेट’ नेता र उनीहरूको निर्वाचन क्षेत्रमा आ–आफ्नो दललाई प्रत्यक्ष असर पुर्‍याएको देखिएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र पूर्वसभामुखसमेत रहेका एमाल...

झलनाथ खनाल नेकपा(एस)को विदेश विभाग प्रमुख

नेकपा (एकीकृत समाजवादी)को विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चयन हुनुभएको छ । सो पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरका अनुसार ११ सदस्यीय विदेश विभाग गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रमेश हमाललाई जिम्मा दिइएको छ । यस्तै सदस्यहरुमा डा विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइपी सङ्ग्रौला, शङ्कर खतिवडा, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ …

झलनाथ खनाल स्वदेश फिर्ता, कार्यकारी पद नमाग्ने

काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्कनुभएको छ । भारतको नयाँ दिल्लीमा रहेको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नुभएका खनाल स्वास्थ्यमा सुधार आएसँगै आज साेमवार स्वदेश फर्कनुभएको हो । नेता खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभयो ।  त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले एमाले फुटेको नभइ आफूहरूले विद्रोह गरेको बताउनुभयो । अध्यक्ष केपी शर्मा ओ...

नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गराएर फर्के झलनाथ खनाल (तस्बिरहरु)

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किएका छन्। उपचारका लागि भारतका रहेका नेता खनाल सोमबार नेपाल फर्किएका हुन्। भारतको नयाँ दिल्लीमा रहेको अपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो। स्वास्थ्यमा सुधार भएसँगै उनी स्वदेश फर्किएका हुन्। नेता खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल […]

झलनाथ खनाल स्वदेश फर्किए, विमास्थलबाटै यस्तो घोषणा

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किएका छन् ।