नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाअन्तर्गत शुक्रबारबाट काठमाडौंतर्फ पनि सुरुङ खन्न थालिएको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित टुटेपाखाबाट सुरुङ खन्न लागिएको आयोजनाले जनाएको छ ।
दुवैतर्फ काम सुरु भएकाले १३ महिनाभित्र सुरुङ छेड्ने काम सकिने निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले बताएको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए ।
‘सुरुमा स्थानीयले अवरोध गर्ने चेतावनी दिएका थिए,’ उनले भने, ‘अहिले काठमाडौंतर्फ कुनै अवरोध छैन, काम अघि बढेको छ ।&rsq...