ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ आइतबार काठमाडौँमा १८ औँ राष्ट्रिय ज्यापू दिवस मनाइएको छ । ज्यापू संस्कृतिको झलक दिने गरी बाजागाजा र पहिरनसहित र्यालीको आयोजना गरिएको छ ।नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो । नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस द