सर्वोच्च अदालतका न्यायाधीशहरूबीच सोमबार भएको छलफलले न्यायालय सुधारका बाँकी काम तत्कालै सुरु गर्ने सहमति गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछि कामु प्रधानन्यायाधीशका रुपमा दीपककुमार कार्कीले सोमबार छलफल राखेका थिए । सोमबारको छलफलले शुक्रबार सर्वोच्चको पूर्ण बैठक राख्ने निर्णय गरेको छ भने न्यायालय सुधारका बाँकी विषयहरु वैठकमै प्रस्तुत गर्न न्यायाधीशहरूलाई आग्रह गरिएको छ । साथै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग छलफल