सङ्खुवासभा – सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रोमा टिपरको ठक्करबाट ज्यान गएपछि रोकिएको काम सोमबारदेखि सुरु भएको छ ।
मकालु गाउँपालिका ५ फ्याक्सिन्दाबेसीमा गएको शुक्रबार टिपरको ठक्करबाट खड्गबहादुर राईको ज्यान गएपछि स्थानीयले उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन चर्काएपछि काम ठप्प भएको थियो । आइतबार राति अबेरमात्रै आयोजना र पीडित पक्षबीच छलफलपछि पीडित पक्षले चार दिनपछि मृतकको शव बुझेका हुन् ।
मृतक खड्गबहादुरका सालो दीपेन्द्र राईले अरुण तेस्रो आयोजना र पीडित पक्षबीच १० बुँदे सहमति भएप...