शुक्रबार कुन भगवानको पूजा गरे के लाभ मिल्छ ?

काठमाडौँ – हिन्दु धर्मशास्त्रमा हरेक दिनको विशेष महत्व छ । साताको अन्तिम दिन अर्थात् शुक्रबारलाई काम सुरु गर्दा राम्रो बारका रुपमा हेरिन्छ । धर्मशास्त्र अनुसार शुक्र ग्रह भोगविलास, सांसारिक सुख, प्रेम, मनोरंजन, व्यवसाय, श्रीमतीको कारक ग्रह हो । त्यसैले आफ्नो श्रीमतीलाई कष्ट दिनु, कुनै पनि प्रकारको फोहोर वस्त्र लगाउनुले शुभ तथा अशुभ फल दिने गर्छ […]

सम्बन्धित सामग्री

लाभ र प्रभावमा नपर्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन

मोरङ : कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले जनप्रतिनिधि र कर्मचारीलाई लाभ र प्रभावमा नपरी कार्य गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीद्वारा आज विराटनगरमा आयोजित भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवससम्बन्धी कार्यक्रम उद्घाटन गर्दै उनले ऐन, नियमावली, कार्यविधिअनुसार काम गरे अख्तियारले दण्डिन होइन पुरस्कृत गर्ने बताए।मुख्यमन्त्री कार्कीले संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय तहबीच सुशासन कायम

गाँजाको लाभ

आर्थिक वर्ष २०८०/८१ को बजेटमा गाँजाखेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने उल्लेख भएअनुसार सरकारले यसको सम्भाव्यता अध्ययनका लागि एक कार्यदल गठन गरेको छ । गाँजाको प्रयोगमाथि लगाउँदै आइएको प्रतिबन्ध खुलाउन व्यापक माग बढेसँगै सरकारमाथि यो खुलाउन एक प्रकारको दबाब नै परेको छ । त्यसैले अहिले अध्ययन कार्यदल गठन हुनु सकारात्मक कदम हो । तर, कार्यदलले पूर्वाग्रह राखेर प्रतिवेदन दिन्छ कि सबै पक्षको पर्याप्त अध्ययन गर्छ भन्ने ठोकुवा गर्न सकिँदैन किनभने गाँजा खुलाउने र नखुलाउने पक्षमा मानिसहरू बाँडिएका छन् ।  सरकारले १ महीनाको समयसीमा दिएर गाँजालाई औषधिका रूपमा उपयोग गर्ने र गाँजाबाट औद्योगिकीकरणको सम्भाव्यताबारे अध्ययन गर्न कार्यादेश दिइएको छ । तर, कानूनमा जेजस्तो भए पनि अहिले यी दुवै क्षेत्रमा गाँजाको पर्याप्त उपयोग भइरहेको छ । नेपाली गाँजा भनेर अन्तरराष्ट्रिय बजारमा विक्री भइरहेको छ किनभने नेपालको गाँजा उत्कृष्ट मानिन्छ । त्यस्तै गाँजाबाट निर्मित कपडा, ब्यागलगायत वस्तुको व्यापार र निर्यातसमेत भइरहेको छ । त्यस्तै गाँजाबाट निर्मित सौन्दर्यसामग्री पनि नेपालको बजारमा खुलेयाम विक्री भइरहेको छ । तर, विडम्बना गाँजाखेती प्रतिबन्धित छ । गाँजाबाट नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने एकथरीले तर्क गरिरहेका छन् । प्रतिबन्ध लगाउनुअघि यसले नेपालीको आर्थिक स्तर बढाउन सहयोग गरेको थियो । यसमा प्रतिबन्ध लागेपछि नै नेपालको पश्चिम क्षेत्रमा गरीबी बढेको मानिन्छ । यस्तोमा सरकारले औपचारिक रूपमा अध्ययन थाल्नु सकारात्मक छ तर कार्यदलले यसको आर्थिक सम्भावना र चुनौतीबारे पर्याप्त अध्ययन गर्न भने आवश्यक देखिन्छ । एक वर्षअघि नीति अनुसन्धान प्रतिष्ठानले यसबारेमा नीति संवाद आयोजना गरेको थियो जसमा गाँजाको उपयोगसम्बन्धी विविध पक्षबारे व्यापक परामर्श भएको थियो । काठमाडौं विश्वविद्यालयले गाँजासम्बन्धी अध्ययनका लागि केन्द्र नै स्थापना गरे पनि विद्यमान कानूनका कारण अनुसन्धान गर्न नसकेको बताएको छ । त्यस्तै क्यान्सरको रोगीलाई किमोथेरापी गराउँदा त्यसको असरलाई कम गर्न गाँजा सहयोगी हुने अध्ययन केन्द्रको भनाइ छ । तर, त्यसको औषधीय प्रयोगको काम अघि बढ्न सकेको छैन । कानूनले औषधीय र औद्योगिक प्रयोजनका लागि यसको उपयोगमा प्रतिबन्ध लगाएको छैन । तर, प्रहरीले गाँजा देख्यो कि फाँड्ने गरेको छ । सबै प्रजातिका गाँजा नशा लाग्ने खालका हुँदैनन् । तर, प्रहरीलाई यो कुरा बुझाउन सकिएको छैन । गाँजाखेतीमा सम्बद्ध व्यक्तिहरूका अनुसार हाल नेपालमा १ लाखभन्दा बढी हेक्टर जग्गामा औद्योगिक प्रयोजनका लागि गाँजाखेती गर्न १०६ फर्म दर्ता भएका छन् । यति हुँदाहुँदै पनि कृषकले गाँजाखेती गर्न भने पाउँदैनन् । त्यसैले लागू औषध ऐन २०३३ लाई वैज्ञानिक अनुसन्धानका आधारमा संशोधन गरी कार्यान्वयन गर्नुपर्ने विज्ञहरूको भनाइ पाइन्छ ।  गाँजाकै विविध उपयोगबाट अहिले थुप्रै देशले ठूलो आमदानी गरेका छन् । विश्वमा गाँजाबाट उत्पादित सामानको बजार अर्बौं डलरको रहेको पाइन्छ । यस्तोमा नेपालले यसलाई खुला गर्नु आवश्यक देखिन्छ । सरकारले दिएको कार्यादेशमा गाँजाखेती खुलाउने वा नखुलाउने बारेमा अध्ययन गर्ने भनी स्पष्ट उल्लेख भएको पाइँदैन । तैपनि नेपालमा गाँजाखेती खुलाउनुपर्छ । नरोपीकन नै आफै उम्रने र नेपालका प्राय: सबै ठाउँमा फस्टाउने गाँजाखेतीले किसानको आय बढाउनुका साथै औद्योगिक विकासमा समेत सहयोग गर्ने देखिन्छ । तर, गाँजा भन्नेबित्तिकै नशालु पदार्थ भन्ने सोचले यसप्रति धेरैमा नकारात्मक विचार पाइन्छ । तर, गाँजाकै विविध उपयोगबाट अहिले थुप्रै देशले ठूलो आमदानी गरेका छन् । विश्वमा गाँजाबाट उत्पादित सामानको बजार अर्बौं डलरको रहेको पाइन्छ । यस्तोमा नेपालले यसलाई खुला गर्नु आवश्यक देखिन्छ । हो, गाँजाको दुरुपयोग हुने सम्भावनालाई रोक्नेगरी संयन्त्र बनाइनु भने आवश्यक देखिन्छ । सरकारले औषधीय र औद्योगिक सम्भावनाबारे मात्रै अध्ययन गर्ने भने पनि मनोरञ्जनका लागि यसको सम्भावना र चुनौतीबारे पनि अध्ययन गर्नु जरुरी छ । मनोरञ्जनकै लागि पनि गाँजाको उपयोग विश्वका धेरै देशले खुला गरिसकेको सन्दर्भमा नेपालले सबै युवा गाँजामा लट्ठिन्छन् भन्ने भाष्यका साथ नीति बनाउनु जरुरी छैन । अत: गाँजाको बहुविध प्रयोग गरी त्यसबाट लाभ लिन सक्ने विषयमा पर्याप्त अध्ययन र त्यसको कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन ।

चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिनुपर्छ : परराष्ट्रमन्त्री

बेइजिङ । परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताएका छन् । बेइजिङस्थित नेपाली राजदूतावासमा आज आयोजित कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्दै चीनले छोटो समयमा हासिल गरेको चमत्कारिक आर्थिक प्रगति प्रशंसा गरे । उनले चीनले नेपालको आर्थिक विकासमा गरेको निरन्तर सहयोगका लागि आफूहरू कृतज्ञ रहेको बताए । “नेपाल र […] The post चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिनुपर्छ : परराष्ट्रमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आलेखः अझै हुन सकेन ‘हरियो वन, नेपालको धन’

गण्डकी – ‘हरियो वन, नेपालको धन’ भन्ने गरेको वर्षौं भइसकेको छ। तर पनि वन जङ्गलबाट पाउनुपर्ने लाभ प्राप्त भएको छैन। जङ्गलमा ठूलो सङ्ख्यामा काठ कुहिने गरे पनि सर्वसाधारणहरू बजारमा विदेशबाट आएका काठ तथा फर्निचरसँगै आल्मुनियम, युपिभिसी एवम् फलामको प्रयोग गर्न बाध्य छन्। विदेशी काठ एवम् आल्मुनियम र युपिभिसीको प्रयोग अधिकांश उपभोक्ताका लागि रहर नभएर बाध्यता […]

बाबुरामको आरोप : कांग्रेस र माओवादीले निर्वाचनमा सेटिङ गरेर लाभ लिए

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा सेटिङ गरेर लाभ लिएको आरोप लगाएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै आफू विगतदेखि नै गठबन्धनको विपक्षमा रहेको उल्लेख गर्दै उनले स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल नभएको दाबी गरे। गठबन्धनभित्रका सिद्धान्त कुनै दलहरुले पनि पालना नगरेकाे बताए।अध्यक्ष भट्टराईले भने, ‘गठबन्धनको विषयमा त मेरो

भ्यु टावरको उद्घाटन गर्दै ओलीले भने- यसबाट नगरवासीले अत्यधिक लाभ लिन्छन्

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् । सो क्रममा उनले बहुउद्देश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दावी गरे ।  यस टावरमा होटल, रेस्टुरेन्ट, कफी सप, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, स्वीमिङ पुल तथा दृश्यावलोकनको समेत व्यवस्था मिलाइएको छ ।  टावरको उद्घाटन गर्दै अध्यक्ष ओलीले भ्यु टावरबाट नगरवासीले अत्यधिक लाभ लिनुपर्ने बताए । उनको दावी थियो, 'भ्यू टावर निर्माणपछि नयाँ सोच र विच

भ्यु टावरको उद्घाटन गर्दै ओलीले भने- ‘यसबाट नगरवासीले अत्यधिक लाभ लिन्छन्’

बुटवल- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् । साे क्रममा उनले बहुउदेश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दाबी गरे । यस टावरमा होटल, रेस्टुरेन्ट, कफी सप, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, स्वीमिङ पुल तथा दृश्यावलोकनको समेत व्यवस्था मिलाइको छ । टावरको उद्घाटन गर्दै अध्यक्ष ओलीले […]

प्रचण्डका लागि देउवा जहिले फलिफाप, २०५२ देखि २०७८ सम्म के के लाभ लिए (सूचीसहित)

दीपेश केसीः नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले हालै एउटा शब्द सृजना गरे ‘लाल काँग्रेस’ । उनले नेपाली काँग्रेस प्रचण्डले भनेको सबै मानेर ‘लाल काँग्रेस’ बन्न नसक्ने बताउन पुगे । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग देउवाको मिल्ने वातावरण विकास गर्न खटिदा यस्तो अभिव्यक्ति दिन पुगेका थिए । रिजाल कुनैबेला देउवाले बनाएको नेपाली काँग्रेस प्रजातान्त्रिकका […]

शुक्रबार कुन भगवानको पूजा गरे के लाभ मिल्छ ?

काठमाडौँ – हिन्दु धर्मशास्त्रमा हरेक दिनको विशेष महत्व छ । साताको अन्तिम दिन अर्थात् शुक्रबारलाई काम सुरु गर्दा राम्रो बारका रुपमा हेरिन्छ । धर्मशास्त्र अनुसार शुक्र ग्रह भोगविलास, सांसारिक सुख, प्रेम, मनोरंजन, व्यवसाय, श्रीमतीको कारक ग्रह हो । त्यसैले आफ्नो श्रीमतीलाई कष्ट दिनु, कुनै पनि प्रकारको फोहोर वस्त्र लगाउनुले शुभ तथा अशुभ फल दिने गर्छ […]

आइतबार सूर्यदेवको पूजा गरे यस्तो लाभ मिल्छ

हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । यस दिन केहि सरल उपाय मार्फत सूर्य देवलाई प्रसन्न गर्न सकिने र जीवनका सबै समस्या समाधान गर्न सकिने धार्मीक मान्यता छ । सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ । किन भने […]