काठमाडाैं : एक वर्ष ढिला गरी सुरु हुन लागेको टोकियो ओलम्पिक सोचेजस्तो भव्य भने नहुने भएको छ। खेलाडी, दर्शक तथा जापानी नागरिकका लागि कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै कडा नियमहरू बनाउन थालिएको छ।आयोजक समितिले दर्शक तथा खेलाडीका लागि नयाँ नियम जारी गरेको हो। टोकियो ओलम्पिक २०२० का अध्यक्ष सेइको हासिमोतोले एक चेतावनी दिँदै गेमलाई सुरक्षित राख्न उत्सवजस्तो माहोल बन्द गरिने बताए।आयोजना रचनात्मक तरिकाले भव्य बनाइने भए पनि स्वास्थ्य सावधानीलाई ध्यान दिँदै पार्टीजस्तो माहोल नबनाउन उनले भ