नेपालगञ्ज विमानस्थलबाट अहिले दैनिक ५० देखि ६० उडान हुँदै आएको छ । मौसम सफा भएमा हप्तामा करिब २० भन्दा बढी कार्गो उडान हुने गरेका छन् तर यति व्यस्त रहने विमानस्थलको एक्स–रे मेसिन भने अझै सञ्चालनमा आएको छैन । सामान चेकजाँच गर्न एक्स–रे मेसिन स्थापना तथा जडान गर्न छुट्टै सेड बनाएर राख्नुपर्ने भए पनि त्यसको अहिलेसम्म […]
बाँके – नेपालगञ्ज विमानस्थलबाट अहिले दैनिक ५० देखि ६० वटा उडान हुँदै आएको छ । मौसम सफा भएमा हप्तामा झन्डै २० भन्दा बढी कार्गो उडान हुने गरेका छन् तर यति व्यस्त रहने विमानस्थलको एक्स–रे मेशिन भने अझै सञ्चालनमा आएको छैन ।
सामान जाँच गर्न एक्स–रे मेशिन स्थापना तथा जडान गर्न छुट्टै सेड बनाएर राख्नुपर्ने भए पनि त्यसको अहिलेसम्म व्यवस्थापन हुन नसकेको विमानस्थलका प्रमुख सुरेश खनालले बताउनुभयो । उहाँले मेशिन खरिद गरेर आइसकेको भए पनि प्रयोगमा ल्याउन नसक्नुमा विभिन्न प्राविधिक कारण रहेको बताउनुभयो । उहाँल...
यति एयरलाइन्सले अब अन्तर्राष्ट्रिय चार्टर उडान पनि भर्ने भएको छ । एयरलाइन्सले स्वदेशी (डोमेष्टिक) सँगै अन्तर्राष्ट्रिय चार्टर र नन स्येड्युल फ्लाईटका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको छ । योसँगै अब यति एयरलाइन्सले दक्षिण पूर्वी एसिया र दक्षिण एसियाली राष्ट्रहरुमा प्यासेन्जर तथा कार्गो उडान गर्न पाउने भएको हो । अन्तर्राष्ट्रिय उडानका लागी सबै तयारी पूरा भएको र अब जुनसुकै समयमा पनि तोकिएको अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्न सक्ने कम्पनीले जनाएको छ ।
निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनमुति प्राप्त गरेको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यती एयरलाइन्सले दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका लागि अन्तर्राष्ट्रिय चार्टर्ड, नन सेड्युल उडान अनुमति प्राप्त गरेको कम्पनीले जनाएको छ । अनुमति पाएसँगै यतीले दक्षिण पूर्वी एसिया र दक्षिण एसियाली राष्ट्रहरुमा प्यासेन्जर तथा कार्गो उडान गर्न कम्पनीका प्रवक्ता सुर्दशन […]
यसै साता चीन सरकारसँग खरिद गरेको कोरोनाविरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको विमान बेइजिङ जाने भएको छ । सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको खोप ल्याउनको लागि निगमले एयरबस–३३० विमान चीन पठाउन लागेको हो । निगमले ३ चरणमा खोप ल्याउने प्रस्ताव गरेको छ ।
यसको लागि निगमको पहिलो कार्गो उडान काठमाडौं–बेइजिङ असार यसै साताको बिहीबार (२४ असार)मा चीन प्रस्थान गर्ने उडान तालिका रहेको निगमले जनाएको छ ।
सो विमान २५ गते शुक्रबार खोप लिएर काठमाडौं अवतरण गर्नेछ । दोश्रो कार्गो उडान भने ३१ गत...
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै पोखरा, लुक्ला, सुर्खेत र नेपालगन्ज विमानस्थलबाट बिभिन्न वायुसेवाले ४०७ यात्रुको उद्धार गरेको जनाएको छ। १२९ आन्तरिक उडानमा उनीहरुको उद्धार गरिएको हो। कूल उडानमध्ये मेडिकल उद्धारका लागि ५५ उडान गरिएको मन्त्रालयले जनाएको छ। यस अवधिमा हिमालय एयरले ढाका-काठमाडौं कार्गो उडान गरी ६.३४ टन कोभिड सम्बन्धी स्वास्थ्य सामाग्री ल्याएको छ।
२८ वैशाख, काठमाडौं । आज त्रिभुवन विमानस्थलमा कुन ६ अन्तर्राष्ट्रिय चार्टर्ड तथा कार्गो उडान हुँदैछन् । त्यसमध्ये एउटा एयर एम्बुलेन्स रहेको छ । विमानस्थल कार्यालयका अनुसार अष्ट्रियाबाट टिरोल एयर एम्बुलेन्स दुबई एयरपोर्टबाट त्रिभुवन विमानस्थल अवतरण गर्नेछ । यो जहाज काठमाडौंबाट भने भारतको लखनउ जाने भएको छ । आजै कतारको दोहाबाट कतार एक्जुकेटिभको विशेष विमान काठमाडौं […]
काठमाडौं। चीनले नेपाललाई सहयोगस्वरूप दिने भनेको सिलिण्डर लिन सोमबार नेपाल वायुसेवा निगमको मेडिकल कार्गो जाने तयारी भएको छ। पहिलो लटको अक्सिजन लिन जान कार्गो उडान मे १० मा गई भोलिपल्ट फर्कने तयारी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो। यसका लागि विभिन्न देशसँग ओभरफ्लाई र चीनमा अवतरणको अनुमतिका लागि प्रक्रिया अघि बढेको कोभिड-१९ सहजीकरण समितिको बैठकमा जनाइएको छ।