हेटौंडा : कोरोना नियन्त्रणमा प्रदेश सरकारको भूमिका कमजोर भएको भन्दै गुनासो आउन थालेपछि बागमती प्रदेश सरकारले कोरोना संक्रमितको उपचार र नियन्त्रणमा सक्रियता देखाएको छ।
विभिन्न सामाजिक संघ संस्थाको तुलनामा प्रदेश सरकारको भूमिका न्यून देखिएको भन्दै प्रश्न उठ्न थालेपछि कोरोना नियन्त्रणमा प्रदेश सरकारले सक्रियता बढाएको हो।
प्रदेशको राजधानी हेटौंडाको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा अक्सिजन अभावमा कोरोना संक्रमितको उपचारमा समस्या हुँदासमेत प्रदेश सरकारले सक्रिय रुपमा भूमिका निर्वाह गर्न नसके...