काठमाण्डाै - आज ४१ औँ विश्व खाद्य दिवस । हाम्रो पहल : उत्पादन र पोषणमा वृद्धि भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विश्वव्यापी रुपमा अक्टोबर १६ मा मनाउँदै आइएको दिवसलाई यो वर्ष चाडपर्वको समय परेकाले नेपालमा भने आजको दिन मनाउन लागिएको हो । १६ अक्टोबर सन् १९४५ मा संयुक्त राष्ट्र (एफएओ) ले खाद्य र कृषि सङ्गठनको स्थापना गरेको थियो ।
सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २० औँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन पारि खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१...