सिम्रौनगढ नगरपालिका बाराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व चुहावट गरेको आरोपमा ९ लाख ९५ हजार बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।